सर्लाहीको बरहथवामा झडप, प्रहरीको गोली लागेर एक जनाको मृत्यु

सर्लाहीको बरहथवामा प्राथमिक अस्पतालको विषयमा भएको विवादका क्रममा झडप हुँदा एक जनाको मृत्यु भएको छ । आन्दोलनकारीले नगरपालिका कार्यालय तथा नगर प्रमुख कल्पनाकुमारी कटुवालको घरमा ढुंगामुढा गरेपछि प्रहरीले अश्रुसेल र हवाई फायर खोलेका थिए । त्यसक्रममा एक युवकको ज्यान गएको हो । मृतकको पहिचान खुलेको छैन । आन्दोलनकारीले प्रहरीको गोली लागेर मृत्यु भएको बताएका छन।

बरहथवाको नगर कार्यपालिका बैठकले केही समयअघि वडा नम्बर ६ मा रहेको प्राथमिक स्वास्थ्य केन्द्र स्तरोन्नति गरी ५० बेडको बनाउन प्रदेश सरकारलाई हस्तान्तरण गर्ने निर्णय गरेको थियो । उक्त निर्णयबारे छलफलका लागि नगरमा शुक्रबार सर्वदलीय बैठक बोलाइएको थियो । कांग्रेससहितका दलले नगर कार्यपालिकाको निर्णय कार्यान्वयन गर्न माग गर्दै प्रदर्शन गरेका थिए ।