निष्ट कलेज सामाजिक सेवा तर्फ

बनेपा÷शैक्षिक क्षेत्रमा नेपालकै उत्कृष्ट बन्न सफल निष्ट कलेज बनेपाले सामाजिक उत्तरदायित्व अन्र्तगत असहाय तथा टुहुरा बालबालिकाहरुलाई न्यानो कपडा, जुत्ता, मोजा र ब्लाङ्गकेट उपलब्ध गराएको छ ।
काभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्ध नगरपालिकामा रहेको इको होम तथा भक्तपुर जिल्लाको खरिपाटीमा रहेको बाल गृहमा आश्रित बालबालिकाहरुलाई न्यानो कपडा, जुत्ता, मोजा र ब्लाङ्गकेट उपलब्ध गराएको हो । क्याम्पस प्रमुख दिपक भट्टका अनुसार बालबालिकाहरुलाई शैक्षिक अवसरसँगै जाडो समयमा आवश्यक पर्ने न्यानो कपडा लगायतका सामग्री उपलब्ध गराईएको हो ।

कलेजले ३२ जोर जुत्ता मोजा, ५ थान ब्लाङ्गकेट र २० जोर न्यानो कपडा उपब्ध गराएको छ । यस अघि पनि कलेजले विभिन्न क्षेत्रमा सामाजिक उत्तरदायित्व अन्र्तगतका विभिन्न कार्यक्रमहरु गर्दै आएको थियो । कक्षा १२ को परिक्षामा उत्कृष्ट नतिजा ल्याई नेपालमै पहिलो भएको बनेपाको निष्ट कलेज शैक्षिक गुणस्तरका लागि ब्यवहारिक ज्ञान समेत उपलब्ध गराउँदै आएको छ ।

कलेजले गुणस्तरीय शिक्षा, ब्यवहारिक र संस्कारयुक्त शिक्षा प्रदान गर्दे आएको प्रिन्सिपल दिपक भट्टले वताए । वितरण कार्यक्रममा कलेजका प्रिन्सिपल दिपक भट्ट, समाजिक जिवन उपयोगी शिक्षक शारदा खनाल, अतिरिक्त कृयाकलाप तथा क्लब ईन्चार्ज कृष्णहरुी हुमागाई, विद्यार्थी काउन्सील र सोसियल क्लबका विद्यार्थीहरुको उपस्थिती रहेको कलजेका प्रशासन प्रमुख पुण्य कटेलले जानकारी दिए ।