सर्लाहीको बरहथवामा भोलिसम्मका लागि निषेधाज्ञा थपियो

सर्लाहीको बरहथवा नगरपालिका ५ मा झडपपछि प्रशासनले लगाएको कर्फ्यूको समय २४ घण्टा थप गरिएको छ ।
जिल्ला प्रशासन कार्यालयले हिजो बेलुका साढे ५ बजेदेखि आज विहान ८ बजेसम्म कर्फ्यू आदेश जारी गरेको थियो । उक्त समयलाई बढाएर भोली विहान ८ बजे पुर्याएको प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलाले जानकारी दिए ।
सम्भावित जोखिमलाई मध्यनजर गर्दै भोली विहान ८ बजेसम्म कुनै किसिमको भेला हुन, बाहिर हिडडुल गर्न तथा राजनीतिक सभा तथा गतिविधि गर्न नपाउने गरी निषेधाज्ञा आदेश जारी गरिएको छ
आदेशको उल्लंघन गर्नेलाई सुरक्षामा खटिएका सुरक्षाकर्मीले नियन्त्रणमा लिएर कानून बमोजिम कारवाही गरिने चेतावनी पनि दिएको छ ।
सर्लाहीका सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरेका अनुसार हिजो तनाव भएको ठाउँमा आज पनि बिहानैदेखि प्रहरी खटिएका छन् । स्तरोन्नतिका लागि नगर अस्पताल मधेस प्रदेश सरकारलाई हस्तान्तरणको माग गरी भएको प्रदर्शनमा प्रहरीले चलाएको गोली लागी बरहथवा नगरपालिका–६ का ३० वर्षका साहको ज्यान गएको थियो ।