धुलिखेल अस्पतालमा गुणस्तरीय ल्यावका बारेमा अन्तरक्रिया
धुलिखेल/जिल्लाका सरकारी स्वास्थ्य निकाय एवं शहरी क्षेत्रका ल्याबमा कार्यरत स्वास्थ्यकर्मीहरुका लागि धुलिखेल अस्पतालबाट नियमित रुपमा प्रदान गरेका सेवाका बारेमा छलफल भएको छ ।
जिल्लाका १३ वटै पालिकाका १८ जना सहभागीहरुलाई हेमाटोलोजी, माईक्रोबायोलोजी एवं बायोकेमेस्ट्री सम्बन्धी ल्याब टेस्टहरुको उपयोगिता, परल मूल्य, नमुना संकलन विधिबारे धुलिखेल अस्पतालमा कार्यरत प्रा. डा.रमेश माकजूले जानकारी दिएका थिए । जिल्लामा पछिल्लो समय खुलेका ल्यावहरु र ल्यावबाट प्रदान गर्नु पर्ने गुणस्तरका बारेमा छलफल भएको थियो ।
जिल्लाका १३ वटै पालिकामा कार्यरत स्वास्थ्यकर्मीहरुसँग परिचयात्मक गरिएको थियो । सोहि कार्यक्रममा प्रा.डा. सुमनराज ताम्राकार र डा. विनोद ढकालले सहजीकरण गरेका थिए भने डा. प्रेम महर्जनले प्याथोलाजी, सुरेन्द्र मधुपले माईक्रोबायोलाजी र ज्योतीले बायोकेमेष्ट्री सेवाबारे प्रस्तुती गरेका थिए ।