गठबन्धनले राष्ट्रियसभाको सिट बाँडफाँड टुंग्यायो

नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले राष्ट्रियसभाको १९ सिटको बाँडफाँड टुंगिएको दाबी गरेका छन ।

आज बिहान बसेको सत्ता गठबन्धन दलको बैठकले सिट बाँडफाँड टुंग्याएको दाबी उनको छ।

रिक्त हुने १९ सिटमध्ये १० वटामा मा काँग्रेस, ६ मा माओवादी केन्द्र, २ वटामा एकीकृत समाजवादी र एउटामा जसपाले उम्मेदवारी दिनेगरी टुंगो लागेको लेखकले बताए।

उनले क्लस्टरका बारेमा पनि धेरै ठाउँमा टुंगो लागिसकेको बताए। बाँकी रहेको एक दुई ठाउँमा छलफल गरेर टुंगो लागाउने उनको भनाइ छ ।