राष्ट्रियसभा सदस्यका लागि सिटौलाद्वारा उम्मेदवारी दर्ता

काठमाडौं / नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले राष्ट्रियसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन् । सोमबार बिहान विराटनगर पुगेर उनले कोशी प्रदेशबाट राष्ट्रियसभा सदस्यको उम्मेदवारी दर्ता गराएका हुन् ।

सिटौलाको प्रस्तावकमा प्रदिप सुनुवार र हिमाल कार्की समर्थक बसेका छन् । आगामी माघ ११ गते १९ पदका लागि निर्वाचन हुँदैछ । त्यसका लागि निर्वाचन आयोगले आज उम्मेदवारको मनोनयन दर्ता गर्दैछ ।