आज दिनभर के–के भयो ?
राष्ट्रियसभाका १९ सिटमा ५२ उम्मेदवार
राष्ट्रियसभा सदस्य निर्वाचन अन्तर्गत १९ सिटका लागि ५२ जना उम्मेदवार मैदानमा उत्रिएका छन् । सोमबार निर्धारित समयभित्र ५२ जनाको उम्मेदवारी दर्ता भएको हो ।
सुदूरपश्चिममा ३ सीटका लागि ६ जनाको उम्मेदवारी
दूरपश्चिम प्रदेशमा राष्ट्रियसभाको लागि तीन दलका ६ जनाको उम्मेदवारी दर्ता भएको छ । एमालेका ३, कांग्रेसका २ र माओवादी केन्द्रका एक जनाले धनगढीस्थित राष्ट्रियसभा निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गरेका हुन् ।अल्पसङ्ख्यक तथा अपाङ्गतातर्फ कैलालीका रामचन्द्र जोशी अन्यतर्फ कञ्चनपुरका ईश्वरीप्रसाद खरेल, महिलातर्फ कैलालीकै सावित्री घिमिरेले उम्मेदवारी दर्ता गरेको सहायक निर्वाचन अधिकृत प्रेमराज भट्टले जानकारी दिए ।खरेल एमालेको केन्द्रीय लेखा आयोग सदस्य हुन् । घिमिरे अनेमसङ्घकी पूर्वकैलाली अध्यक्ष हुन् भने जोशी पार्टीको भ्रातृ सङ्गठन अपाङ्ग संघका केन्द्रीय सदस्य हुन् ।
लुम्बिनीबाट राष्ट्रियसभा निर्वाचनमा २ सिटका लागि ७ जनाको उम्मेदवारी दर्ता
लुम्बिनी प्रदेशबाट राष्ट्रियसभा सदस्य पदको २ सिटका लागि ७ जनाको उम्मेदवारी दर्ता भएको छ । निर्वाचन कार्यालय घोराहीकाअनुसार ३ जना महिला र अन्यमा ४ जनासहित ७ जनाको उम्मेदवारी परेको हो । महिलामा एमालेकी तुलसा कुमारी, नेपाली कांग्रेसकी विष्णुकुमारी सापकोटा र राप्रपाकी विजयलक्ष्मी सिंहले उम्मेदवारी दर्ता गराएका छन् । केसी दाङ, सापकोटा गुल्मी र सिंह कपिलवस्तु जिल्ला निवासी हुन् । त्यस्तै अर्को एक सिटका लागि जनमत पार्टीका बालगोविन्द चौधरी, एमालेका झपेन्द्रबहादुर जिसी, राप्रपाका निरनजन थापा र माओवादीका झक्कुप्रसाद सुवेदीको उम्मेदवारी दर्ता भएको छ । उम्मेदवारी दर्ता गराउने जनमतका चौधरी नवलपरासीका हुन् भने जिसी पाल्पा, थापा रुपन्देही र सुवेदी रोल्पा जिल्ला निवासी हुन् ।
राष्ट्रियसभा निर्वाचन : बागमतीबाट राप्रपाका यि ३ जनाले दिए उम्मेवारी
राष्ट्रियसभा सदस्य पदको निर्वाचनमा बागमती प्रदेश तर्फको ४ सिटमा राप्रपाका ३ जनाले उम्मेदवारी दिएका छन् ।राप्रपाबाट अपाङ्ग क्लस्टरमा चितवनका भरतमणि भट्टले मनोनय दर्ता गराएका छन् भने महिलातर्फ मकवानपुरकी बालकुमारी डल्लाकोटी र अन्यमा हेमजंग गुरुङले मनोनयन दर्ता गराएका छन् ।राप्रपाले दलित क्लस्टरमा भने उम्मेदवारी दिएको छैन । दलित क्लस्टरमा उम्मेदवार बनाएका पूर्णबहादुर विश्वकर्माको उम्मेर कम भएको भन्दै मनोनयन दर्ता हुन सकेन ।राष्ट्रियसभा सदस्य पदमा उम्मेदवारी दिन ३५ वर्ष पुरा भएको हुनुपर्ने कानुनी प्रावधान अनुसार उनको मनोनयन दर्ता नभएको हो ।
कांग्रेसमा उम्मेदवारी चयनको विषयलाई लिएर असन्तुष्टि
राष्ट्रियसभा निर्वाचन अन्तर्गत उम्मेदवारी चयनको विषयलाई लिएर नेपाली कांग्रेसभित्र असन्तुष्टि देखिएको छ । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माका अतिरिक्त अन्य नेताले समेत उम्मेदवारी चयन प्रक्रियामा प्रश्न उठाएका छन् ।
उम्मेदवार छनोटको विषयमा हुम्ला माओवादी असन्तुष्ट
राष्ट्रिय सभा सदस्य उम्मेदवार छनोटलाई लिएर नेकपा ९माओवादी केन्द्र० हुम्लामा असन्तुष्टि देखिएको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पार्टीको पदाधिकारी बैठकले दलित कोटाबाट कालिकोटका विष्णुबहादुर विकलाई टिकट दिएपछि हुम्लामा असन्तुष्टि चुलिएको हो ।
विवाहेत्तर सम्बन्धका कारण हत्या १
चितवनको भरतपुरमा गत मङ्सिर ६ गते बोरामा पोका पारेर फालिएका दुई शवको बारेमा प्रहरीले बल्ल वास्तविकता पत्ता लगाएको छ । प्रहरीका अनुसार मृतक दुवै भारतीय नागरिक हुन् । उनीहरुको हत्यामा भारतीय नागरिक नै संलग्न रहेको र आरोपितले आफ्नी पत्नीको विवाहेत्तर सम्बन्धका कारण दुई जनाको हत्या गरेको प्रहरीको भनाइ छ ।