कोरिया भाषा परीक्षा सबैले दिन पाउने, एक लाख ६४ हजार सहभागि हुँदै

by | पुस २४, २०८०

कोरिया भाषा परीक्षा सबैले दिन पाउने, एक लाख ६४ हजार सहभागि हुँदै

कोरियाको रोजगार अनुमति प्रणाली (ईपीएस) को उत्पादनमूलक क्षेत्रको भाषा परीक्षामा सबैले सहभागिता जनाउन पाउने भएका छन् । पानीजहाजसम्बन्धी कामको परीक्षामा फेल भएका नेपाली यसमा सामेल हुन पाउनेछन् । माघ ६ देखि सुरु हुने परीक्षा तीन चरणमा सम्पन्न हुनेछ ।
कोरिया भाषा परीक्षा तीन चरणमा

वैदेशिक रोजगार विभाग र कोरियाको मानव संसाधन विभाग ९एचआरडी० बीचको बैठकले सोमबार भाषा परीक्षासम्बन्धी विवाद टुंग्याएको हो । विभागका महानिर्देशक डन्डुराज घिमिरेले एक लाख ६४ हजार जनाले भाषा परीक्षा दिन पाउने बताए । उनका अनुसार तीन चरणमा परीक्षा हुनेछ। पहिलो चरणमा ४७ हजार, दोस्रो चरणमा ८० हजार र बाँकीको तेस्रो चरणमा हुने उनले बताए । ‘प्रत्येक दिन परीक्षामा एक हजार जना सहभागी हुनेछन् । पहिलो चरणको परीक्षा सकिन कम्तीमा ४७ दिन लाग्नेछ ।

गत मंसिर १९ मा कोरियाको पत्रअनुसार विभागले सन् २०२४ का लागि उत्पादनमूलक कामदारका रूपमा लैजान सकिने १५ हजार ८ सय ४८ जना उम्मेदवारको रोस्टर छनोट गर्न भन्दै आवेदन दिनेको योग्यता तोकेको थियो ।