कोरिया भाषा परीक्षा सबैले दिन पाउने, एक लाख ६४ हजार सहभागि हुँदै

कोरियाको रोजगार अनुमति प्रणाली (ईपीएस) को उत्पादनमूलक क्षेत्रको भाषा परीक्षामा सबैले सहभागिता जनाउन पाउने भएका छन् । पानीजहाजसम्बन्धी कामको परीक्षामा फेल भएका नेपाली यसमा सामेल हुन पाउनेछन् । माघ ६ देखि सुरु हुने परीक्षा तीन चरणमा सम्पन्न हुनेछ ।
कोरिया भाषा परीक्षा तीन चरणमा

वैदेशिक रोजगार विभाग र कोरियाको मानव संसाधन विभाग ९एचआरडी० बीचको बैठकले सोमबार भाषा परीक्षासम्बन्धी विवाद टुंग्याएको हो । विभागका महानिर्देशक डन्डुराज घिमिरेले एक लाख ६४ हजार जनाले भाषा परीक्षा दिन पाउने बताए । उनका अनुसार तीन चरणमा परीक्षा हुनेछ। पहिलो चरणमा ४७ हजार, दोस्रो चरणमा ८० हजार र बाँकीको तेस्रो चरणमा हुने उनले बताए । ‘प्रत्येक दिन परीक्षामा एक हजार जना सहभागी हुनेछन् । पहिलो चरणको परीक्षा सकिन कम्तीमा ४७ दिन लाग्नेछ ।

गत मंसिर १९ मा कोरियाको पत्रअनुसार विभागले सन् २०२४ का लागि उत्पादनमूलक कामदारका रूपमा लैजान सकिने १५ हजार ८ सय ४८ जना उम्मेदवारको रोस्टर छनोट गर्न भन्दै आवेदन दिनेको योग्यता तोकेको थियो ।