दीपा दाहालको ‘कोभिड : नसोचेको-नभेटेको संकट’ पुस्तक सार्वजनिक

काठमाडौं/ कोभिड-१९ महामारीका बेला नागरिकले भोग्नुपरेको पीडा तथा सरकारको तयारीको विषयलाई समेटेर तयार पारिएको पुस्तक ‘कोभिड : नसोचेको-नभेटेको संकट’ आज राजधानी काठमाडौंमा सार्वजनिक गरिएको छ ।

पत्रकार दीपा दाहालले लेखेको पुस्तक वरिष्ठ नेत्ररोग विशेषज्ञ डाक्टर सन्दुक रुइत, मोहना अनसरी, गणेश रसिकलगायतले संयुक्त रूपमा सार्वजनिक गरेका हुन् ।

दाहालले कोभिड-१९ को अवधिमा आफूले समाचार संकलन गर्दा भोगेका विषयवस्तु र विभिन्न व्यक्तिहरुसँग गरिएको कुराकानीका आधारमा पुस्तक तयार पारिएको बताइन् ।

पुस्तक फाइन प्रिन्ट र बारबरा फाउन्डेसनको सहकार्यमा प्रकाशन गरिएको हो ।