नगरपालिकामा उच्च मनोबलका साथ काम गर्ने वातावरण बनाउन करारका कर्मचारीको माग
पनौती नगरपालिकामा कार्यरत करार कर्मचारीले उच्च मनोबलका साथ काम गर्ने वातावरण सिर्जना गर्न माग गरेका छन । वुधवार पनौती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद आचार्यलाई ध्यानाकर्षण पत्र वुझाउँदै कर्मचारीहरुले उक्त माग गरेका हुन् । म्याद थपका विषयमा समयमा निर्णय नहुदा नगरपालिकाको अनिर्णयको मारमा आफुहरु परेको, पारिश्रमिक नपाए, कर्मचारी अनुसार फरक फरक आश्वासन मात्रै बाँडिएको उनीहरुले गुनासो गरेका छन् ।
तोकिएको जिम्मेवारीमा रहेर निरन्तर काम गरिरहँदा समेत सामाजिक सञ्जालमा अनेक नकारात्मक टिप्पणी हुनेगरेको भन्दै कर्मचारीले नगरपालिकाको ध्यानाकर्षण गराएका छन् । उनीहरुले आर्थिक वर्षको अन्त्यसम्म म्याद थप गर्न, तत्काल पारिश्रमिक पाउने व्यवस्थ ागर्न माग गरेका छन । करारका कर्मचारीलाई अनिर्णयको बन्दी बनाउँदा कर्मचारी निराश बनेका छन् भने कानुनी वैधताको प्रश्न समेत उठेको छ । नियुत्ति, कार्यादेश नदिने तर तलव दिने, नियुत्तिविना काम लगाइरहने परिपाटीले नक्सा पास, वालमैत्री कार्यक्रम,स्वास्थ्य सेवा लगायतका कार्यमा जवाफदेहीता र आधिकारिकताको प्रश्न उठाएको छ । नगरपालिकाले कर्मचारी बारे समयमै निर्णय नगर्दा कतिपय कर्मचारीले राजिनामाको घोषणा गरेका छन् भने अधिकांश दोधारमा परेका छन् । उनीहरु नगरपालिकाको निर्णयको पर्खाइमा छन् ।