राष्ट्रिय सभा सदस्य उम्मेदवारको नामावली आज प्रकाशन हुँदै
राष्ट्रिय सभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएकाहरूको नामावली निर्वाचन आयोगले आज प्रकाशन गर्दै छ । उम्मेदवारविरुद्ध परेका उजुरीबारे बुधबारदेखि छानबिन गरिरहेको आयोगले आज यो सकेर उम्मेदवारहरूको नामावली प्रकाशन गर्ने भएको हो । राष्ट्रिय सभाका १९ सिटका लागि सोमबार सात प्रदेशबाट ५२ जनाले उम्मेदवारी दिएका छन । अब नाम फिर्ता लिने चाहने उम्मेदवारले भोलि पुस २७ गते नाम फिर्ता लिन सक्नेछन्। त्यसपछि सोही दिन उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ । उम्मेदवारलाई निर्वाचन चिह्न पुस २८ प्रदान गरिने छ । यस निर्वाचनमा सात प्रदेशमा एकरएक मतदानस्थल र दुई÷दुई मतदान केन्द्र कायम गरिएका छन । मतदान माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुनेछ । यस निर्वाचनमा विभिन्न प्रदेश र क्षेत्रबाट महिला, दलित, अपांगता भएका व्यक्ति वा अल्पसंख्यक र अन्य समुदायबाट सदस्य निर्वाचित हुनेछन ।