बेथानचोक जेसीजमा मोहनकृष्णले गरे पदभार ग्रहण

बेथान्चोक, बेथान्चोक जेसीजले वर्ष २०२४ का लागि निर्वाचित पदाधिकारीहरुको पद हस्तान्तरण, पुरस्कार वितरण तथा ब्यक्तित्व सम्मान कार्यक्रम गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न गरेको छ ।
वर्ष २०२३ की अध्यक्ष शान्ति खत्रीले वर्ष २०२४ का अध्यक्ष मोहनकृष्ण तिमल्सिनालाई पद हस्तान्तरण गरेकी थिईन् । वर्ष २०२४ का लागि शान्ति खत्री, विनोद तिमल्सिना, प्रदिप आचार्य, डिगमान लामा, सन्दिप तिमल्सिना, कमल नेपाल, बेलकुमार श्रेष्ठ, प्रकाश श्रेष्ठ, उमेश दाहाल, अजय तामाङ र गोकर्ण घिमिरे निर्वाचित भएका छन् । कार्यक्रममा वर्ष २०२३ मा निर्वाचित कार्य समितिलाई विभिन्न क्षेत्रबाट सहयोग पु¥याउने पुर्व अध्यक्षहरु, मानार्थ सदस्यहरु, सहयोगी संघ संस्थाहरु र शाखा अध्यक्षहरुलाई अध्यक्ष शान्ति खत्रीले सम्मानका साथै मायाको चिनो प्रदान गरेकी थिईन् । कार्यक्रममा बोल्दै अध्यक्ष शान्ति खत्रीले बेथान्चोक जेसीजले समुदायमा आधारित विभिन्न कार्यक्रम आयोजना गरी समुदायको हितका लागि थोरै योगदान पु¥याउन सकेकोमा सबैमा धन्यवाद ब्यक्त गरिन् ।
वर्ष २०२४ का अध्यक्ष मोहनकृष्ण तिमल्सिनाले बेथान्चोक गाउँपालिका कृषि र पर्यटनको क्षेत्रमा अघि बढिरहेकाले गाउँपालिका तथा विभिन्न संघ संस्थाहरुसँगको समन्वयमा नागरिकहरुको समृद्धीका लागि कार्य गर्ने बताए ।बेथान्चोकको प्रचार प्रसार तथा समुदायमा आधारित कार्यक्रम र स्थानीय सरकारले लिएका लक्ष्यमा साझेदारी गर्न बेथान्चोक जेसीज तत्पर रहने अध्यक्ष तिमल्सिनाले बताए । कार्यक्रममा जेसीजको नियम अनुसार भुपु क्लवमा स्वागत, नयाँ अध्यक्षहरुलाई स्वागत सहित पदस्थापन लगायतका कार्यक्रमहरु भएका थिए ।

सोहि कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष भगवान अधिकारीले बेथान्चोकलाई आन्तरिक तथा बाह्य पर्यटकहरुको प्रमुख केन्द्रका रुपमा विकास गर्न विभिन्न साझेदार संस्थाहरुसँग समन्वय गरिने बताए । कृषिमा आत्मनिर्भर हुँदै निर्यात गर्ने गरी ब्यवसायीक खेति र पशुपालन, पर्यटनको दिगो विकासका लागि कार्य भईरहेको बताए । कार्यक्रममा उपाध्यक्ष तारा राना तिमल्सिना, राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष राजाराम गौतम, संस्थापक अध्यक्ष मुक्तिनाथ तिमल्सिना, मातृ शाखा भकुण्डे जेसीज २०२३ का अध्यक्ष श्रीहरी अधिकारी, मानार्थ सदस्य मछेन्द्रकुमार लामा, पुर्व अध्यक्ष राजेश तिमल्सिना, महासचिवद्धय विनोद तिमल्सिना र सन्दिप तिमल्सिना, जेसिज पाठ प्रदिप आचार्य तथा स्वागत कमल नेपालले गरेका थिए ।
रक्तदान तथा विभिन्न शिविर तथा सामाजिक कृयाकलापमा जेसीजले सक्रियता देखाउँदै आएको छ । सोहि अवसरमा वर्ष २०२४ देखि जेष्ठ नागरिक तथा विभिन्न क्षेत्रका पुरस्कारहरु स्थापना गरी हस्तान्तरण गरिएको छ ।