अनेकोटका विश्वनाथ सुनकोशीको भंगालमा मृत भेटिए

पाँचखाल नगरपालिका वडा नम्वर २ अनेकोट घर भई काठमाडौ जिलल कागेश्वरी नगरपालिका वडा नम्वर ८ बलरा बस्ने ६२ बर्षिय विश्वनाथ घिमिरे भुम्लु गाउँपालिका ६ आँपघाट स्थित सुनकोशी नदीको भंगालमा फेला परेका छन् ।
विश्वनाथ घरबाट २०८० पुष १८ गते देखि हराईरहेका थिए । परिवारले विश्वनाथ हराएको सूचना प्रहरी कार्यालयमा दिएको थियो । पुष २५ गते दिउसो साढे ४ बजे तिर स्थानीयले कसैको शब बगाएर ल्याएको जस्तो भन्ने सूचनाका आधारमा प्रहरीले उक्त शव फेला पारेको थियो । सुनकोशी नदीको बीच भाग भंगालमा पानी नजमेको ठाउँमा मृत अवस्थामा रहेका घिमिरेको शवमा बाहिरी चोटपटक नभएको प्रहरीले जानकारी दिएको छ । आफन्तले उक्त शवको पहिचान गरेसँगै प्रहरीको टोली मुचुल्काका लागि सुनकोशी पुगेको थियो ।