नक्कली प्रहरी बनेर ठगी गर्ने आशिष तामाङ पक्राउ

जे रोप्यो त्यहि फल्छ । विगतमा रोपेको फल हुर्कन थालेको छ । आफुलाई अब्बल सावित गर्न सामाजिक सञ्जालको समेत दुरुपयोग गरेर नक्कली आईडीबाट धम्कि समेत दिने ति युवा एक पछि अर्काे अपराधमा संलग्न हुन थालेका छन् ।
मलद्वारमा सून लुकाएर ल्याएको अभियोगमा पक्राउ परेकाहरुको बयानका आधारमा केहि उच्च पदस्थ नेताहरु समेत संलग्न भनिएको अपराधमा अनुसन्धान जारी छ । अनुसन्धान रोक्न प्रहरी र सम्वन्धित निकायमा धम्कि दिएका घटनाहरु छिपेका छैनन । सोहि घटनामा संलग्न केहि युवा नेताहरु अझै फरार छन् । उक्त घटना सेलाउन नपाउँदै धुलिखेलका एक ब्यक्ति नक्कली प्रहरी बनेर ठगी धन्दामा संलग्न भएको अभियोगमा प्रहरीले पक्राउ गरेको छ ।
‘म प्रहरीको मान्छे हुँ भनी ठगी गर्ने धुलिखेल ३ का ३४ बर्षिय आशिष तामाङलाई पक्राउ गरी थप अनुसन्धान शुरु गरिएको छ’– इलाका प्रहरी कार्यालय बनेपाले जारी गरिएको विज्ञप्तीमा भनिएको छ– ‘विभिन्न पसलहरुमा पुगेर प्रहरीको मान्छे हुँ पैसा चाहियो भन्दै ठगी गरेको फेला प¥यो ।

पीडितहरुको सूचनाका आधारमा ठगी गर्दा गर्दै उनलाई पक्राउ गरिएको हो ।’ पक्राउ परेका आशिषले जिल्लाका विभिन्न तहमा कृयाशिल नेताहरुसँग खिचेको फोटोलाई आफ्नो फेसबुकमा प्रोफाईल बनाएका छन् । त्यसले पनि अपराध गर्ने मनोबल कसरी बढिरहेको छ ? भन्ने कुराको पुष्टी गराउँछ । मलद्वारको सून तस्करीमा पनि संलग्न ब्यक्तिहरुले दिएको बयानमा पनि उच्च पदस्थ ब्यक्तिहरुको संरक्षण रहेको भनिएको छ ।

२०८० पुष १८ गते काभ्रेपलान्चोक जिल्ला बनेपा नगरपालिका वडा नम्बर ७ वकुटोल स्थित रमेश बि.क.ले सञ्चालन गर्दै आएको न्यु पार्वती सुनचाँदी पसलमा गई काभ्रेपलान्चोक जिल्ला धुलिखेल नगरपालिका ३ बस्ने धन बहादुर तामाङको छोरा बर्ष ३४ को आशिष तामाङले आफुलाई प्रहरीको मान्छे बताई विभिन्न किसिमले डर देखाई, धाक–धम्की दिई प्रहरीलाई दिनुपर्छ भनी पाँच हजार ठगी लिएका थिए । आशिष तामाङलाई खोजतलास गर्दै जाने क्रममा प्रहरीले पुष २३ गते दिउसो बनेपा नगरपालिका वडा नम्वर ७ चारदोवाटो स्थित अरनिको राजमार्ग सडकमा हिडिरहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिएको थियो । उनको शरिर खानतलासी गर्दा नगद र पर्स सहित मोवाईल बरामद गरेको थियो । ईलाका प्रहरी कार्यालय बनेपाले आशिषलाई पुष २४ गते ठगी मुद्दा दर्ता गरी थप अनुसन्धान शुरु गरेको छ ।