अर्थभुमि सहकारीले मनायो १४ औं बार्षिक सभा

धुलिखेल÷अर्थभुमि बचत तथा ऋण सहकारी संस्था लिमिटेड धुलिखेलको १४ औ बार्षिक साधारण सभा सम्पन्न भएको छ । धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जुको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रम संस्थाका अध्यक्ष जयकृष्ण न्हसिजुको अध्यक्षतामा सम्पन्न भएको थियो ।
संस्थाको १४ औ बार्षिक साधारण सभाको अवसर पारी रक्तदान तथा निशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको थियो । आर्थिक वर्ष २०७९÷२०८० को अन्त्यसम्मा संस्थाले १ करोड १५ लाख शेयर पुँजी संकलन गरेको छ । १४ करोड ६ लाख ९४ हजार बचत, १५ करोड ७ लाख २९ हजार ऋण लगानी गरेको छ । १ करोड ७० लाख २९ हजार ९ सय रुपैया आम्दानी गरेको संस्थाले १ करोड ६७ लाख १८ हजार ३ सय ९ रुपैया खर्च गरेको छ । ४२ लाख १० हजार ४ सय रुपैया जगेडा तथा अन्य कोषमा बचत गरेको संस्थाले सहकारीहरुमा देखिएको संकटमा समेत सदस्यहरुलाई सहज सेवा प्रदान गरिरहेको छ । लेखा संयोजक अनमोल श्रेष्ठले संस्थाको लेखा प्रतिवेदन प्रस्तुत गर्दै संस्थाले गरेका अभियानले सदस्यहरुको समृद्धी हुने बताए ।

कार्यक्रममा नगर प्रमुख अशोक ब्याञ्जुले सहकारी मार्फत नागरिकहरुको समृद्धीका लागि सहज भएको बताउँदै हरेक सहकारी खराव नभएकाले सहकारी ब्यक्तिबाट संचालित भएको अवस्थामा मात्रै संकट निम्त्याएको बताए । सहकारीले गरेका हरेक गतिविधि शेयर सदस्यले नियाल्न उनले अनुरोध गरे । कार्यक्रममा सन्तोष भुखजुले स्वागत गरेका थिए । रक्तदान कार्यक्रममा ८४ पटक रक्तदान गर्ने अनिलरत्न तुलाधर सहित ३० जनाले सहभागिता जनाएका थिए । स्वास्थ्य शिविरमा १ सय ३० जनाले भाग लिएको सहकारीका प्रवन्धक शैलेश श्रेष्ठले जानकारी दिए ।