महाभारत साना किसान कृषि सहकारीको तेश्रो सभा
टेकबहादुर मगर
महाभारत
महाभारत साना किसान कृषि सहकारी सस्था लिमिटेडको तेस्रो बार्षिक साधरण सभा सम्पन्न भएको छ । सभामा गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाको प्रमुख आतिथ्यता तथा संसथाका अध्यक्ष हस्तबहादुर दर्लामीको अध्यक्षता रहेको थियो ।
कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले सहकारी मार्फत स्थानीय स्तरमा नागरिकहरुको जीवन समृद्ध बनाउन आर्थिक रुपले शशक्त बनाउँदै ब्यवसायीकरण गर्नु पर्ने बताए । महाभारत विगतमा जस्तो विकट नभई सुगमता तर्फ उन्मुख हुँदै गए पनि पूर्वाधार निर्माणको कार्य अझै केहि वर्ष लाग्ने बताए । गाउँपालिकाले संघ र प्रदेश सरकार मार्फत सडक, खानेपानी, शिक्षा, स्वास्थ्य, पर्यटन तथा कृषि र पशुपालनका लागि विभिन्न कार्यक्रम संचालन गरिरहेको भए पनि त्यसले अझै पूर्णता पाई नसकेको अध्यक्ष जिम्बाले बताए । सडक कालोपत्रे गर्दै राष्ट्रिय राजमार्गका रुपमा विकास गर्ने कार्य प्रारम्भ भएको बताउँदै अध्यक्ष जिम्बाले सबै विकासको पहिलो सूचक सडकलाई पक्कि र दिर्घकालीन रुपमा संचालन गर्न सकिने अवस्थामा पु¥याउने बताए ।
विजुली सबैका घरघरमा पु¥याउने गरी कार्य भईरहेको बताउँदै अध्यक्ष जिम्बाले नागरिकहरुको जीवन स्तर उकास्न उत्पादनमुलक क्षेत्रमा लगानी गर्न र उत्पादित बस्तुहरु बजारसम्म पु¥याउन सहज बनाउने गरी कार्य गरिरहेको बताए । कृषि सहकारीले त्यस तर्फ सदस्यहरुलाई उन्मुख गराउँदै आयआर्जन गराउन उनले सुझाव दिए ।
कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष सागर मोक्तानको विशेष आतिथ्यता रहेको थियो । उपाध्यक्ष मोक्तानले महाभारतका सबै वडामा विकासका कार्यहरु भईरहेको बताउँदै नागरिकहरु आत्मनिर्भर तर्फ उन्मुख गराउने गरी कार्य गरेको बताए । सभामा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरिसिंह बिस्ट, महाभारत गाउँपालिका ईलाका प्रहरी कार्यालय प्रमुख प्रहरी निरिक्षक दिलिप थापा, वडा नम्वर १ का अध्यक्ष कान्छामान जिम्बा, वडा नम्वर ५ का अध्यक्ष बिजय राना, महाभारत गा पा सहकारी बिभाग प्रमुख खिम बहादुर डाँगी, महाभारत गाउँपालिकाका पशुपन्छी शाखा प्रमुख बालकुमार लुङ्गेली मगर, महाभारत साना किसान कृषि सहकारीका सल्लाहकार संयोजक रबिन मोक्तान, चाउ डिक कफी सहकारीका अध्यक्ष कृष्ण बहदार राना लगायतले साना किसान कृषि सहकारीले महाभारतमा गर्नु पर्ने विभिन्न कार्यका बारेमा सुझाव दिएका थिए ।सभामा बाल तथा अन्य कलाकारहरुले प्रस्तुती गरेका थिए ।
सभामा अध्यक्ष हस्तबहादुर दर्लामी, उपाध्यक्ष केशरीमाया बल, सचिव गणेशकुमार यस्माली, कोषाध्यक्ष लक्ष्मीमाया गोले स्याङ्गतानले संस्थाका गतिविधिहरुका बारेमा जानकारी गराएका थिए । संस्थामा संचालकहरु देवलाल यस्माली, उत्सव थापा, अमृता आले, रानीमाया लो, विष्णुमाया वाईवा सदस्य रहेका छन् भने लेखा सुपरिवेक्षण समितिमा संयोजक विजय राना मगर, विमला राना र पद्मध्वज वाईवा सदस्य रहेका छन् । सल्लाहकारमा रविन मोक्तान संयोजक र रमेशकुमार लुङ्गेली र सन्देश लामा सदस्य रहेका छन् । सभामा उत्कृष्ट सदस्यहरुलाई विभिन्न विद्याबाट सम्मान गरिएको थियो ।