राष्ट्रिय सहकारी महासंघको संचालकमा काभ्रेका सुमन नेपालको उम्मेदवारी

काठमाडौं÷राष्ट्रिय सहकारी महासंघको ३१ औ साधारण सभा २७ गते शुक्रबार देखि आफ्नै सभाकक्ष पुल्चोक ललितपुरमा शुरु भएको छ । सभाले नयाँ नेतृत्व चयन गर्नेछ । नयाँ नेतृत्वका लागि उम्मेदवारी दर्ता गरेको छ । निर्वाचनको माध्यमबाट आाज शनिबार संचालक तथा लेखा समिति चयन हुनेछ ।
साधारण सभामा सहभागि हुन पुस २३ गते भित्र राष्ट्रिय प्रतिनिधि छनोट गरी आएका प्रतिनिधिहरुले मतदानमा भाग लिने छन् । महासंघका अध्यक्ष मिनराज कँडेलको अध्यक्षतामा सम्पन्न सभाले सहकारी साइबर सुरक्षा मार्ग दर्शन २०८० पारित गरेको छ । साईबर अपराधीहरुबाट हुने आक्रमणहरुबाट हुने डाटा तथा वित्तीय नोक्सानीहरु विरुद्ध सुरक्षा गर्न साइबर सुरक्षा मार्गदर्शन आवश्यक रहेको महासंघका महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बाले बताइन् । आज हुने निर्वाचनबाट एक पदेन सदस्य सहित २५ जना कार्यसमिति सदस्य चयन गर्ने महासंघका अध्यक्ष मिनराज कँडेल बताए ।
उक्त निर्वाचनका लागि जिल्ला कृषि सहकारी संघ काभ्रेका निवर्तमान अध्यक्ष सुमन नेपाल राष्ट्रिय सहकारी महासंघ नेपालको खुल्ला संचालक समितिमा प्रतिस्पर्धा गर्दैछन् । देशभरबाट चुनिने चार खुल्ला सदस्य पदका लागि नेपाल सहित ७ जनाको उम्मेदवारी दर्ता भएको छ । लामो समय देखि कृषि र कृषि सहकारी मार्फत शेयर सदस्यहरुको जीवन स्तर उकास्न महत्वपूर्ण योगदान पु¥याउँदै आएका सुमन नेपाल सहकारीका सदस्यहरु बीच परिचित नाम र अनुहार हो ।
महासंघको अध्यक्ष पदका लागि ओमदेवी मल्ल निर्विरोध भएकी छिन् । बरिष्ठ उपाध्यक्ष पदमा रमेशप्रसाद पोखरेल, उपाध्यक्ष पदमा डिबी बस्नेत, खेमबहादुर पाठक, शेषकान्त गौतम र इन्दिरा पन्त रहेका छन् । उम्मेदवारको नामावली प्रकाशन हिजो साँझ भएको छ । नाम फिर्ताको २८ गते शनिबार विहान ९ बजे सम्म राखिएको छ भने निर्विरोध पदको घोषणा ९.३० मा हुनेछ । उम्मेदवारको अन्तिम नामावली १० बजे प्रकाशन हुनेछ । ११ बजेबाट २ बजेसम्म मतदानको समय रहेको छ ।