वरिष्ठ मुटुरोग विशेषज्ञ डा.राजेन्द्र कोजू सम्मानित

वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा.डा. राजेन्द्र कोजु स्वास्थ्य दर्पण राष्ट्रिय हेल्थ अवार्ड–२०८० बाट सम्मानित भएका छन् । स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा.लि. ले आफ्नो आठौं वार्षिकोत्सवको अवसर पारेर डा. कोजूलाई सम्मान गरेको हो ।
नेपालको शिक्षा र सेवाको क्षेत्रमा डा. कोजूको महत्वपुर्ण योगदान रहेको स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा.लि. का अध्यक्ष सन्दीप कुमार श्रेष्ठले बताए । कार्यक्रममा नेपाली कांग्रेसका पुर्व महामन्त्री एवं कांग्रेस नेता प्रा.डा.शशांक कोइरालाको प्रमुख आतिथ्यता रहेको थियो ।
सम्मान ग्रहण गर्दै मुटुरोग विशेषज्ञ डा. कोजूले थप हौसला र उर्जा मिलेको बताएका छन् ।