स्वस्थ शहरको लागि वातावरणमैत्री फोहरमैला व्यवस्थापन
सन्दीप के.सी.
प्रमुख
आधारभुत स्वास्थ्य तथा सरसफाई शाखा
फोहर मैला सम्वन्धमा एक अध्ययनले उल्लेख गरे अनुसार हाम्रो घर, परिवार, बजार, उद्योग र सार्वजनिक क्षेत्रबाट उत्पन्न हुने फोहोर सामान्यतया ९५ प्रतिशत प्रशोधन गरी आम्दानीको स्रोत बनाउन सकिने प्रकृतिका हुन्छन् भने करिब ५ प्रतिशतलाई मात्र बिसर्जन गर्नुपर्ने हुन्छ । फोहर मैला ब्यवस्थापन गर्न वातावरणमैत्री व्यवहार जति जरुरी छ सामाजिक सद्भाव सिर्जना गर्नु तथा नेतृत्वदायी उदाहरण दिनु पनि उत्तिकै जरुरी छ । हाम्रो शहरको वातावरणमा हुन सक्ने जमिन, हावापानी र ध्वनीको प्रदुषणलाई समयमै नियन्त्रण गरी आफ्नो र सन्ततिको भबिष्य सुन्दर र स्वस्थ्य बनाउन तथा वातावरण संरक्षण गर्न हामी आफैं जिम्मेवार बन्नु पर्दछ ।
आफ्नो घर टोलको फोहोर व्यवस्थापन भए रोग व्यवस्थापन हुन्छ । आफ्नो घर, टोल सफा भए मन पनि सफा हुन्छ । अनि रचनात्मक सोचका साथ काम गर्ने वातावरण बन्दछ । वातावरणीय मैत्री ९भ्अय ँचष्भलमथि० व्यवहार गर्न हरेक ब्यक्तीले अब आ(आफ्नो घर, टोल, समाज, राष्ट्रिय र अन्तर्राष्ट्रिय गराउन नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्दछ । अब शहरी क्षेत्रमा बसोबास गर्ने हरेक नागरिकले एकपल्ट सोच्नु पर्छ – फोहरको सन्दर्भमा के म यो समस्याको कारक हुँ या समाधान रु के फोहरको बिरोध मात्र गरिरहेको छु वा एक असल नागरिकको नैतिक जिम्मेवारी पूरा गरेको छ त ? परिवर्तनको आभास आफैंबाट सुरु गर्नु जरुरी छ ।
ठोस फोहोरलाई मुख्य रुपमा चार प्रकारले विभाजन गर्न सकिन्छ (१। जैविक २। अजैविक ३। मिश्रित ४। घातक फोहर। त्यसैगरी तरल पदार्थलाई तीन समूहमा वर्गीकरण गर्न सकिन्छ( १। फोहोर पानी २। तेलजन्य चिल्लो पदार्थ ३। रासायनिक एवम् पेट्रोलियम पदार्थ । तरल फोहरको ब्यवस्थापन गर्न आधुनिक प्रविधि मार्फत तरल पदार्थलाई वर्गीकरण गरी ढल व्यवस्थापन, ढल निकास र शुद्धिकरण गर्न सकिन्छ । फोहोरलाई बिशेष प्रविधिमार्फत मल र ग्यास उत्पादन गर्दा आर्थिक लाभ प्राप्त गर्न सकिन्छ । हाम्रा बस्तिको तल्लो भौगोलिक क्षेत्रमा ढलको यसै गरी वातावरणबाट निस्कने ढललाई प्रशोधन गरेर मात्र निकास दिनु पर्दछ । नदी सफा राखेर वातावरण सफा मात्र हैन जैविक विविधताको साथै जलचरको बाँच्न पाउने अधिकार सुनिश्चित गर्नु पर्दछ। ल्यान्डफिल साईटहरू बनाई फोहोरलाई मोहोर बनाउने उद्यमको रुपमा व्यवसायिकता सिर्जना गर्ने पद्धति निर्माण गर्नुपर्दछ ।
“स्वस्थ र सफा शहर निर्माण गर्न हामिले फोहरको उत्पादन नै कम गर्ने तथा आफ्नो घर बगैचाको जैविक फोहरलाई घरमा नै कम्पोष्ट गरी मल बनाउने गर्न सकिन्छ। आफ्नै घर, परिवार, टोल, अफिस र वातावरणका फोहोरमैलालाई स्थानीय तहसँग समन्वय गरेर आधारभूत व्यवस्थापन गर्न आजैबाट शुरु गर्नुपर्दछ।”
हरेक पर्यटकिय नगरहरुले सार्वजनिक क्षेत्र तथा सर्वसाधारणको बढी आवत जावत र जम्मा हुने ठाउँमा कम्तिमा एउटा सार्वजनिक शौचालयको व्यवस्था नगरे सम्म पर्यटन व्यबसायको परिकल्पना अधुरो हुन्छ। आफ्नो शहर खुल्ला दिशा पिसाबमुक्त बनाएर वातावरण सफा राख्नु सबै नागरिकको कर्तव्य हो । सार्वजनिक सौचालय दिगो सञ्चालनको निमित्त न्यून शुल्क निर्धारण गरेर त्यहाँबाट भएको आम्दानीले सरसफाइ र दिगो व्यवस्थापन गर्न सकिन्छ। यसबाट मिथेन ग्याँस उत्पादन गर्न पनि सकिन्छ । स्वस्थ र सफा शहर निर्माण गर्न हामिले फोहरको उत्पादन नै कम गर्ने तथा आफ्नो घर बगैचाको जैविक फोहरलाई घरमा नै कम्पोष्ट गरी मल बनाउने गर्न सकिन्छ। आफ्नै घर, परिवार, टोल, अफिस र वातावरणका फोहोरमैलालाई स्थानीय तहसँग समन्वय गरेर आधारभूत व्यवस्थापन गर्न आजैबाट शुरु गर्नुपर्दछ । त्यसै गरी हाम्रो घरर व्यवसायबाट उत्पन्न भएका फोहोरलाई स्रोतबाटै वर्गीकरण गर्ने अनि अजैविक फोहरहरू जस्तै ९धातु, प्लाष्टिक, कागज, शिशा० आदिलाई छुट्टै व्यवस्थापन गर्ने कार्य गरेर फोहर ब्यवस्थापनमा सहयोग गर्न सकिन्छ । आफ्नो घर वरीपरी वातावरण स्वच्छ राख्न फूल बगैंचा तथा बोटविरुवा रोप्ने र त्यसको संरक्षण गर्ने तथा आफ्नो टोल फोहरमैला मुक्त बनाउने अभियान नागरिक तहबाटै सुरु गरिनु पर्दछ ।
नेपालको फोहरमैला व्यवस्थापन ऐन, २०६८ ले बुँदा ४। मा फोहरमैला व्यवस्थापन गर्ने दायित्व स्थानीय तहको हुनेछ भनि उल्लेख गरेको छ। आफ्नो घर तथ गाउँ र नगरपालिका भित्रबाट उब्जिने कुनैपनि फोहोरमैलालाई स्रोतबाटै वर्गीकरण, संकलन र उचित व्यवस्थापन गर्नुपर्दछ । अब यसको जिम्मेवारीमा बहस र चर्चा मात्र गरेर हुदैन उत्पन्न हुने फोहोरमैलालाई स्रोतमै विभिन्न रंगका डस्टविन राखेर वर्गीकरण गर्न सकिन्छ । स्थानिय तहले आफ्नो एकल अधिकारको क्षेत्रमा रहेको फोहोरमैला व्यवस्थापनका लागि आवश्यक साधन तथा जनशक्ति व्यवस्था गर्ने तथा विभिन्न चेतनामुलक कार्यक्रमहरू आयोजना गर्नु पर्दछ । फोहोर व्यवस्थापन गर्ने उत्प्रेरणा प्रदान गर्न उत्कृष्ट काम गर्नेलाई पुरस्कारको प्रबन्ध गर्ने तथा फोहोर व्यवस्थापन सहयोग नगर्नेलाई दण्डको व्यवस्था गर्नु पर्छ। स्वास्थ्य संस्थाहरूबाट उत्पादन हुने मेडिकलजन्य फोहर केमिकल, सुई, खतराजन्य एवम् मानवीय पदार्थलाई विशेष पृथक ढङ्गबाट दहन एवम् व्यवस्थापन गर्ने कार्यमा सहयोग तथा नियमन गर्नु पर्छ । फोहर ब्यवस्थापन गर्न टोलटोलमा वातावरण सुधार समूहहरू गठन गरी वातावरण सुधारको कार्यक्रम सञ्चालन गर्न सकिन्छ भने निश्चित क्षेत्र तोकी ल्यान्डफिल साईट एवम् फोहोर प्रशोधन केन्द्रको व्यवस्थापन गर्नु पर्दछ ।
फोहोरमैला व्यवस्थापनका साथै हाम्रो वातावरणको गुणस्तर सुधार गर्नु हामी सबैको कर्तव्य हो । बाटोघाटो निर्माण गर्दाको सडकको दायाँबायाँको केही भाग खुला हरितपेटिका मार्फत विकास निर्माण र क्रममा जति पनि नयाँ संरचना निर्माण गरिन्छ हरेक ठाउँमा प्रशस्त खुल्ला हरितपेटिका र सम्भव भएसम्म फूल तथा बोटबिरुवा लगाएर वातावरण जोगाउन सकिन्छ । यस्ता हरित पेटिकाले हाम्रो वातावरण स्वास्थ्य, सफा तथा सुन्दर बनाउन र दिगो विकास गर्नको निमित्त ज्यादै ठूलो काम गर्दछन् । नगरले आफ्नो नगरपालिका क्षेत्रभित्र जैविक विविधता संरक्षण तथा व्यवस्थापन गर्न विशेष रणनीति अबलम्बन गरेर निश्चित क्षेत्रमा किल्ला तोकी संरक्षित क्षेत्रको व्यवस्थापन गर्नुपर्छ ।