भालेश्वर माविमा अक्षय कोष स्थापना

पनौती/ साविक मल्पी गाविसमा रहेर प्रजातान्त्रिक आन्दोलनमा महत्वपूर्ण भूमिका खेलेका लिलाबहादुर केसी बञ्जाराकी बुहारी तुलसा केसी (बुबकुमारी) को स्मृतिमा पनौती ८ मा रहेको भालेश्वर माविमा ७ लाखको छात्रबृत्ति अक्षय कोष स्थापना गरिएको छ ।
अक्षय कोष स्थापनाका लागि सम्झौता गरिएको छोरा प्रदिप केसीले जानकारी दिए । कोषबाट उक्त विद्यालयमा कक्षा १ देखि १० सम्म अध्ययरत १/१ जनाका दरले कुल १० जना गरिब तथा जेहेन्दार विद्यार्थीका लागि हरेक वर्ष छात्रबृत्ति प्रदान गरिने कोषका संयोजक राजु केसीले बताएका छन् । कोषको रकम विद्यालयमा हस्तान्तरण गरिने संयोजक राजु केसीले बताए । अमेरीकामा रहेका छोरी दिपा के. सी, छोरा अमिर के.सी. र बुहारी रोशनी के.सी.ले कोषमा जम्मा गर्ने रकम ब्यवस्थापन गरेका हुन् ।

यसैबीच पनौती स्थित इन्द्रेश्वर मन्दिरमा दिपप्रज्वलनसँगै माइती बृद्धाश्रममा रहेका जेष्ठ नागरिकलाई बिहानी खाना खुवाईएको छ । लिलाबहादुर केसीका छोराहरु राजु केसी तथा प्रदिप केसी दम्पतीले उक्त कार्य गरेका हुन् । विहीबार बिहान मन्दिरमा दिप प्रज्वलन पछि पनौतीमा रहेको माईती बृद्धा आश्रममा रहेका जेष्ठ नागरिकका लागि बिहानी खाना खुवाइएको केसीका जेष्ठ सुपुत्र प्रदीप केसीले जानकारी दिए ।