इन्द्रेश्वर क्याम्पसको दोस्रो क्याम्पस सभा सम्पन्न

इन्द्रेश्वर क्याम्पस पनौतीको दोस्रो क्याम्पस सभा काभ्रे जिल्ला क्षेत्र नं. १ का प्रतिनिधि सभा संसद सूर्यमान दोङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । क्याम्पस सभामा पनौती नगरपालिकाका नगरप्रमुख रामशरण भण्डारी, सविंधान सभा सभा सदस्य रामहरी सुवेदी, पनौती नगरका पुर्व नगरप्रमुख सप्तकाजी बुद्धाचार्य लगायतको उपस्थिती रहेको थियो । क्याम्पस सभामा सञ्चालक समितिका अध्यक्ष तुयुकाजी ताम्राकारको सभाध्यक्षता रहेको थियो ।

कार्यक्रममा क्याम्पसका सञ्चालक समिति उपाध्यक्ष राजेशकुुमार श्रेष्ठले स्वागत मन्तव्य राखेका थिए । यस्तै क्याम्पस प्रमख श्रीकुमार सुवालले क्याम्पसको आर्थिक, शैक्षिक तथा भौतिक प्रगति विवरण एवम् विधान संशोधन सम्बन्धि प्रस्ताब क्याम्पस सभामा प्रस्तुत गरेका छन् । कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख रामशरण भण्डारीले गुणस्तरीय शिक्षाको लागि नगर र क्याम्पस मिलेर अगाडी जान सकिने र नगरका सम्पुर्ण सार्वजनिक क्याम्पसहरुलाई सामावेश गरेर युग सुहाउदो शिक्षा प्रदान गर्न तत्पर रहेको बताए । यस्तै क्याम्पस सभासद तथा पनौती नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष सविन ताम्राकारले विद्यार्थीहरुको चाहना अनुसारको शिक्षा र विश्वस्तरीय गुणस्तर शिक्षाले मात्र क्याम्पसको विकास र उन्नती हुने बताएका छन् । क्याम्पसका विभिन्न सभासदहरुले उठाउनु भएको जिज्ञासा तथा अभिव्यक्तिहरुको बारेमा क्याम्पस प्रमुख श्रीकुमार सुवालले स्पष्ट पारेका थिए ।
सविंधान सभा सदस्य रामहरी सुवेदीले क्याम्पसको प्रगतिको शुभकामना दिदै क्याम्पसको महत्वपूण उपलब्धिमा गौरव भएको बताएका छन् । सकारात्मक परिर्वतन आवश्यक रहेकोमा उनले जोड दिएका छन् । प्रमुख अतिथि काभ्रे जिल्ला श्रेत्र नं. १ का सघिय प्रतिनिधि सभाका सांसद सूर्यमान दोङले सामुदायिक क्याम्पसहरुको बढ्लिदो चुनौतीलाई पार गर्न रोजगारमूलक शिक्षाको आवश्यकता रहेको बताएका छन् । आफुले सकेको सहयोग गर्ने बताउदै उनले पढ्दै कमाउदै शिक्षा बढ्लिदो युगको आवश्यकता रहकोमा जोड दिए ।
क्याम्पस सभाले सञ्चालक समितिबाट प्रस्तुत विधान संशोधन सम्बन्धि प्रस्ताव पारित गरि आवश्यक सम्वन्वयका लागि सञ्चालक समिति लाई अख्तियारी समेत प्रदान गरेको छ ।