पनौती–४ का बालबालिका वडा नं.३ को भ्रमणमाः बालबालिकाबीच रोचक अन्तरक्रिया (भिडियो)

विकास तिमल्सिना


पनौती नगरपालिका वडा नम्बर ४ का बालवालिका अध्ययन अवलोकन भ्रमणका लागि वडा नम्बर ३ मा पुगेका छन् । मित्रता वडा बाल सञ्जाल पनौती–४ को आयोजनामा अन्तर बाल सञ्जाल भ्रमण एवं अन्तरक्रिया कार्यक्रम भएको हो । अन्तरक्रिया कार्यक्रममा पनौती नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष विष्णुप्रसाद सापकोटा, बालमैत्री संपर्क व्यक्ति रुपा थापा, वडा सदस्य गणेश घिमिरे, सरस्वती सुन्दास, वडा नम्बर ४ की बालमैत्री सहजकर्ता ललिता धिताल, १२ नम्बर वडाकी बालमैत्री सहजकर्ता सुष्मा तामाङ, नगर बाल सञ्जाल अध्यक्ष दिक्षित न्यौपाने, नगर बाल सञ्जाल सदस्य अनिश सापकोटा, संघर्षशिल बाल सञ्जालकी अध्यक्ष सुधा सापकोटा, मित्रता बाल सञ्जालका अध्यक्ष पुरव बञ्जारा लगायतको उपस्थिती रहेको थियो ।

वडा अध्यक्ष विष्णुप्रसाद सापकोटाले बालबालिकाको क्षेत्रमा भएका कार्य अनुभव आदानप्रदान कार्यक्रम महत्वपुर्ण रहेको बताए । थप सिकाइका लागि अन्तर बाल सञ्जाल भ्रमण प्रभावकारी हुने उनको विश्वास छ । यस्तै पनौती नगरपालिका वडा नम्बर ४ की बालमैत्री सहजकर्ता ललिता धितालले बालबालिकालाई आफ्नै नगरपालिका वुझ्ने, अन्य वडामा भइरहेका गतिविधि थाहा पाउने अवसरका रुपमा अन्तर बाल सञ्जाल भ्रमण गराइएको बताइन् । बालमैत्री घोषणा पश्चात दिगोपनाका लागि ५१ वटा सुचकमा रहेर काम गरिरहेको उनको भनाई छ । नगर बाल सञ्जाल अध्यक्ष दिक्षित न्यौपानेले बालमैत्री दिगोपनाका लागि सिकाई क्रियाकलापलाई निरन्तरता दिने बताएका छन् । कार्यक्रममा सौगात सापकोटाले कविता मार्फत स्वागत गरेका थिए भने कार्यक्रम सञ्चालन करुण सापकोटाले गरेका थिए ।

कार्यक्रममा वडा नम्बर ३ र ४ का बालबालिकाबीच रोचक अन्तरक्रिया भएको थियो । कार्यक्रममा पनौती नगरपालिका वडा नम्बर ४ का बालबालिकाले आफ्नो वडामा बाल विवाह न्युनीकरण सम्बन्धी शीर्षकमा वक्तृत्वकला प्रतियोगिता आयोजना गरेर बालविवाहका कारण हुने वेफाइदाबारे जानकारी गराइएको, जनचेतनामुलक कार्यक्रम गरिएको, ठाउँठाउँमा पोष्टर टाँसिएको, सडक नाटक प्रस्तुत गरिएको, बालश्रम रोक्न सहयोग पुर्याउने भित्ते चित्र कार्यक्रम आयोजना गरिएको जानकारी गराएका थिए ।

 

बाल सहभागीता, बालबालिका, अभिभावकका, शिक्षकको सहभागीतामा बालश्रम रोक्न सहयोग गर्ने कार्यक्रम सञ्चालन गरिएको उनीहरुले बताएका छन । यस्तै वडा नम्बर ३ का बालबालिकाले पनि आफ्नो वडामा बालबालिकाको क्षेत्रमा भइरहेका कामको जानकारी गराएका थिए ।

भिडियोः