काभ्रेली ९ प्रतिभा सम्मानित


बनेपा/प्रतिभा सम्मान प्रवन्ध गुठीले काभ्रेपलाञ्चोक जिल्लाका विभिन्न क्षेत्रमा कृयाशिल ९ काभ्रेली प्रतिभाहरुको सम्मान गरेको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले प्रतिभा सम्मान प्रवन्ध गुठीले छनौट गरेका ब्यक्तिहरुलाई सम्मान गरेका हुन् । सम्मानित हुनेहरुमा मदानी विट डटकमका प्रधान सम्पादक तथा चेष्टा साप्ताहिकका कार्यकारी सम्पादक मोतीराम तिमल्सिना लगायत छन् ।

अध्यक्ष मोहन दुवालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पत्रकारत्रय भोला थापा, मोतीराम तिमल्सिना र दिपक सापकोटा सम्मानित भए । थापा र तिमल्सिना नेपाल पत्रकार महासंघ काभ्रे शाखाको अध्यक्ष भईसकेका छन् । थापा, तिमल्सिना र सापकोटा निरन्तर पत्रकारितामा कृयाशिल छन् । तिनै जना पत्रकारलाई २०७७ सालको प्रतिभा सम्मान पुरस्कार वितरण गरिएको थियो । पुरस्कार छनौट समितिले एक महिना अघि २०७७, २०७८ र २०७९ सालका उत्कृष्ट ब्यक्तिहरु छनौट गरी सम्मान गर्ने निर्णय गरेको थियो । कोभिड संक्रमणका कारण सोहि वर्ष देखि पुरस्कार वितरण गर्ने कार्य रोकिएको अध्यक्ष दुवालले बताए । हरेक वर्ष प्रतिभा छनौट गरी सम्मान गर्ने कार्यक्रम अन्र्तगत रोकिएका अघिल्ला दुई वर्षका प्रतिभा सहित तीन वर्षको सम्मान एकै पटक गरिएको हो । सम्मानित हुनेहरुलाई नगद १५ हजार, दोसल्ला सहित प्रमाणपत्रद्वारा सम्मान गरिएको हो ।


कार्यक्रममा बोल्दै काभ्रे जिल्ला प्रतिभा जन्माउने जिल्लाका रुपमा चिनिएको बताउँदै राष्ट्रलाई, समुदायलाई यस्ता प्रतिभाहरुको आवश्यक रहेको बताए । ‘प्रतिभा सम्मान प्रवन्ध गुठी जस्तै संस्था आवश्यक छन् । राज्यले यस्ता प्रतिभाहरुको सम्मान गर्दैन । यस्ता संस्थाले परिचालन र जागरुक गराउँछ’–कुलपति राईले भने–‘राज्यले प्रतिभाहरुलाई सम्मान गर्दैन । शाशन मात्रै गर्छ । राज्यले प्रतिभा चिन्दैन । दलका नेताहरु मन्त्री, सांसद र नियुक्ति दिलाउन मात्रै सक्रिय छन् ।’ काभ्रेपलाञ्चोक जिल्लाको बनेपामा स्थापित उक्त संस्था मार्फत जिल्लामा पहिलो पटक उपस्थित हुन पाएकोमा खुशी ब्यक्त गर्दै कुलपति राईले सम्मानित प्रतिभाहरुलाई बधाई दिए ।

अध्यक्ष मोहन दुवालले ’ काभ्रेपलाञ्चोक जिल्लाको बनेपामा स्थापित उक्त संस्था मार्फत जिल्लामा पहिलो पटक उपस्थित हुन पाएकोमा खुशी ब्यक्त गर्दै कुलपति राईले सम्मानित प्रतिभाहरुलाई बधाई दिए । अध्यक्ष मोहन दुवालले २०५४ सालमा स्व.रामभक्त कोख श्रेष्ठको अध्यक्षतामा स्थापित प्रतिभा सम्मान प्रवन्ध गुठीमा दोश्रो अध्यक्ष हरिभक्त भोक्षिभोया र तेश्रो अध्यक्षका रुपमा आफै जिम्मेवारीमा रहेको बताए । ‘संस्थाको उदेश्य बनेपा रहेका प्रतिभाहरुको सम्मान गर्ने भन्ने थियो । कोषमा जम्मा गरिएको रकम पनि बनेपाका स्थानीयहरुले नै जम्मा गरेका हुन्’–अध्यक्ष मोहन दुवालले भने–‘बनेपाबाट बाहिर निस्कनु पर्छ । जिल्लाबाट प्रतिनिधित्व गर्ने राष्ट्रिय स्तरका ब्यक्तिहरुको सम्मान गर्न शुरु गर्ने उदेश्यले संस्थाको उदेश्यलाई बृहत्त बनाउँदै निरन्तर त्यस्ता ब्यक्तिहरुको सम्मान शुरु गरिएको छ ।’ पहिलो सम्मान बनेपाका शिक्षासेवी एवं पत्रकार स्व. भरतराज श्रेष्ठलाई ५१ हजार १ सय ११ रुपैया नगद सहित सम्मान गरिएको बताउँदै अध्यक्ष दुवालले हर्षलाल ख्वाखल बादे श्रेष्ठ, मोहन दुवाल, राधेश्याम प्रधानलाई ५१ हजार १ सय ११ रुपैयाले सम्मान गरिएको थियो ।

त्यस्तै स्वास्थ्य क्षेत्रबाट काभ्रेका डा. बालकृष्ण थापा र सोनी शाक्य सम्मानित भए भने समासेवाबाट दिलसुन्दर श्रेष्ठ र हरिभक्त भोक्षिभोया सम्मानित भए । हास्यब्यंङ्ग साहित्य र धर्म सेवाबाट मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य र डा. अनोजा भिक्षुणी सम्मानित भए । महिला पत्रकारहरुबाट कृष्णा ताम्राकार, भगवती तिमल्सिना र सिर्जना दुवाल सम्मानित भए । मानवअधिकारका क्षेत्रमा कृयाशिल प्रदीप पोखरेल, भोजराज तिमल्सिना र राजु सरकार सम्मानित भए । कार्यक्रममा सचिव विद्यान जोशी, सदस्य राजु सरकार, प्रकाश कायश्थले गुठीले गरेका विभिन्न कार्यका साथै ब्यक्तित्व परिचय सहित धन्यवाद ब्यक्त गरेका थिए ।


गुठीमा बरिष्ठ साहित्यकार मोहन दुवाल अध्यक्ष रहेका छन् भने उपाध्यक्षमा यातायात क्षेत्रका प्रखर ब्यक्तित्व योगेन्द्रनाथ कर्माचार्य उपाध्यक्ष, सहकारी तथा साहित्य र विभिन्न सामाजिक क्षेत्रमा कृयाशिल ब्यक्तित्व विद्यान जोशी सचिव छन् । कोषाध्यक्ष समाजसेवी कमला मल्ली छिन् । सदस्यहरुमा राजु सरकार, प्रकाश कायश्थ र दीनदयालु बादे श्रेष्ठ रहेका छन् । सबै सामाजिक क्षेत्रका कृयाशिल ब्यक्तिहरु हुन् ।

