बढ्यो सुन–चाँदीको भाउ

सुनको भाउ आज तोलामा ६ सय रुपैयाँले बढेको छ ।
आज सुनको भाउ तोलाको एक लाख १९ हजार २ सय रुपैयाँ तोकिएको छ । शुक्रवार सुनको भाउ तोलाको एक लाख १८ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको पनि भाउ बढेको छ । शुक्रवार तोलाको एक हजार ४ सय रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज २० रुपैयाँले बढेर एक हजार ४ सय २० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।