धुलिखेलमा बालबालिकाको क्षमता अभिवृद्धिका लागी २ दिने तालिम

धुलिखेल÷ धुलिखेल नगरपालिका नगर बाल क्लबको आयोजनामा नगर भित्र रहेका बाल क्लबका पदाधिकारीहरुलाई क्षमता अभिबृद्धि सम्बन्धी २ दिने तालिम प्रदान गरिएको छ ।
तालिममा नगर प्रमुख अशोक ब्यान्जुले जिल्लाकै पहिलो बाल मैत्री घोषण गरिएको नगरपालिका भएकाले बालमैत्री घोषणा गरिएपछि के–के सुधार भए र अझै बालबालिकाको क्षेत्रमा के गर्न बाकि रहेको छ भन्दै सुझाब मागेका थिए ।

 

बालमैत्री घोषण भएपछि बालबालिकाहरुले बाल अधिकार सम्बन्धी कानुनको ज्ञान पाएको, बाल बिबाह न्युनिकरण भएको, नेतृत्व विकासका लागी सहयोग पुगेको, बाल बालबालिका सम्बन्धी समस्याहरु सामुहिक रुपमा समाधान गर्न सकिएको बताएका थिए भने अझै बालबालिबाका क्षेत्रमा आएको बजेट पुर्ण रुपमा कार्यान्वयन नभएको, प्रत्येक सामुदायिक विद्यालयमा निःशुल्क प्रदान गरिने भनिएको शिक्षामा विभेद रहेको, बालबालिकाहरुलाई सामाजिक र ब्यबहारिक काममा पनि समाबेश गर्न नगर प्रमुख सँग आग्रह गरेका थिए ।

नगर प्रमुख ब्यान्जुले बालबालिकाहरुका लागी नगरले बजेट मात्रै नभई उनिहरुको क्षमता, नेतृत्व विकासका लागी तालिमहरु प्रदान गर्दे आएको बताएका छन । ब्यान्जुले बालबालिका भनेको काचो माटो भएकाले विद्यालयले मात्रै नभई समाज र घरमा समेत राम्रो शिक्षा दिन आवश्यक रहेकोमा जोड दिएका छन । बालबालिकाहरुलाई आफुले सिकेका राम्रा कुराहरुलाई जती सक्दो सबै बालबालबालिका सम्म पु¥याउनु पर्ने र नराम्रो कुरालाई सुधार गर्नु पर्ने उनले बताए ।

तालिममा सिकेको कुराहरुलाई ब्यबहारमा उतार्नु पर्ने, समाजका हरेक विषय थाहा पाई चेतना बृद्धि गर्दै ज्ञान बढाउदै आफ्नो क्षमता र शिक्षा बढाउदै लैजानु पर्ने उनले बताएका छन । तालिममा बालबालिकाको क्षेत्रमा काम गर्दै आएका हरिशचन्द्र घिमिरे लगाएतले सहजीकरण गरेका थिए भने मन्तब्य तालिम संयोजक सुवोध धिमालले राखेका थिए । कार्यक्रमको सभापतित्व नगर बाल क्लबका अधयक्ष समिर प्रजापतिले गरेका थिए भने स्वागत मन्तब्य उपाध्यक्ष दिवस तिमल्सिनाले राखेका थिए ।