बेथानचोकमा रुखबाट खसेर लोकप्रसादको निधन
माघे संक्रान्तिको दिन बेथानचोक गाउँपालिका वडा नम्वर २ हाकेडाँडा घर भएका ५० बर्षिय लोकप्रसाद तिमल्सिनाको रुखबाट खसेर निधन भएको छ ।
प्रहरी चौकी ढुंर्खकका अनुसार लोकप्रसाद दिउसो ३ बजेको समयमा घरबाट करिव ३ सय मिटर उत्तरमा आफ्नै पाखाबारीमा खस्रुको रुखमा चढेर स्याउला काटिरहेका थिए । सोहि क्रममा तिमल्सिना उनी रुखबाट लडेको उनकै भतिज कुमार तिमल्सिनाले बताएको प्रहरी चौकी ढुंर्खकका प्रहरी सहायक निरिक्षक दिपकराज पौडेलले जानकारी दिए । अंकल लोकनाथ स्याउला काट्न रुख चढेको समयमा खसेर लडेको सूचना प्रहरीलाई दिएका थिए ।
घटना लगत्तै प्रहरी चौकी ढुंखर्क र इलाका प्रहरी कार्यालय बनेपाको टोली घटनास्थल पुगेको थियो । मृतकको शव पोस्टमार्टमका लागि धुलिखेल ल्याउने तयारी गरिएको छ । वडा अध्यक्ष पुरुषोतम तिमल्सिनाका अनुसार लोकप्रसादको शव रुखको कापमा झुण्डिईरहेको अवस्थामा फेला परेको थियो । उनका दुई छोरा छन् । लोकप्रसादले आज तिथी भएकाले विहानै श्रद्धाका लागि ब्रम्हाण बोलाएका थिए । केहि समय ढिला हुने जानकारी गराए पछि उनी ब्रम्हाण आउनु अघी घाँस ल्याउँछु भन्दै निस्किएका थिए । धेरै बेर नआए पछि खोज्न जाने क्रममा उनका भतिजले उनलाई रुखमा मृत अवस्थामा देखेको प्रहरीले बताएको छ ।