काभ्रेको पाँचखालमा १९ बर्षिया युवती माथी यसरी भयो सामुहिक बलात्कार

(पीडित किशोरीको बयान जस्ताको तस्तै)
मेरो बुबा आमासँगै म पाँचखाल तामाघाट बस्दै आएको थिएँ । हामी सबै मजदुरी गर्छाै । मेरो विवाह भएको केहि वर्ष भई सकेको छ । म १९ बर्षको भएँ । २०८० पुष २७ गते साँझ ५ बजेको समयमा तामाघाट स्थित दिदीको घरमा जान म निस्किएको थिएँ । साँझ ७ बजे तिर सोहि स्थानमा रहेको प्लटिङ्ग नजिकैको मन्दिरमा पुगे पछि मलाई मादक पर्दाथ सेवन गरी हातमा विएरको सिसी बोकेका केहि ब्यक्तिहरुले समातेर तान्न लागे ।
तान्नेहरु मध्ये वियरको बोतल बोक्ने धिरज हामाल, घनश्याम श्रेष्ठ, अमर विक र एक १७ बर्षिय बालकले मलाई तान्दै गोरेटो बाटो नजिकै रहेको सार्वजनिक जंगलमा पु¥याए । जर्बजस्ति रक्सि पनि खुवाए । म भाग्न खोजें । चिच्याएँ । रोएँ । कराएँ । उनिहरुले छाड्दै छाडेनन । चारै जनाले मेरो हात पाखुरामा समाएर राखे । मेरा कपडाहरु खोलिदिए । मेरो केहि चलेन । त्यस मध्येका धिरज हमालले मुख थुनिदिए । त्यस मध्येका घनश्याम श्रेष्ठ, अमर विक र १७ बर्षिय ब्यक्तिले पालैपालो जर्बजस्तिकरणी गरे । त्यस लगत्तै उनिहरु मलाई जंगलमा नै छाडिदिए । म घर जान सकिन । डर लाग्यो । सोहि स्थानमा रहेको जंगलको रुखमा आफुले ओढेको सलले घाँटीमा पासो लगाई झुण्डिन लाग्दा गोरेटो बाटोमा ट्याक्सिमा सोहि बाटो हुँदै आएका स्थानीयहरुले देखेर मलाई उद्धार गरे । त्यस पछि उनिहरुकै सहयोगमा प्रहरीलाई खवर गरी उनिहरु बसिरहेको स्थानमा पुगि प्रहरीले पक्राउ गरेको छ । उनिहरु मध्ये केहिलाई म चिन्छु । केहिलाई चिन्दिन । चिनेका मध्ये धिरज हमाललाई हामी सबैले मामा भन्ने गरेका थियौं ।

के हो घटना ?
आत्महत्याको प्रयास गर्दै गर्दा स्थानीयहरुले उद्धार गरेकी युवतीलाई सामुहिक बलात्कार गरेको खुलेको छ । सामुहिक बलात्कार गर्ने युवाहरु पक्राउ परेका छन् । पक्राउ पर्नेमा १७ बर्षिय बालक समेत छन् । पाँचखाल नगरपालिका वडा नम्वर ७ शिखरपुर स्थित फुटबल ग्राउण्ड नजिकैको गोरेटो बाटो नजिकै रहेको झाडीमा १९ बर्षिया युवतीले आत्महत्याको प्रयास गर्न लाग्दा स्थानीयहरुले देखेर उद्धार गरेका थिए । स्थानीयको उद्धार सँगै युवतीलाई सामुहिक बलात्कार गर्ने युवाहरुलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकाहरुको अनुसन्धान शुरु भएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार पक्राउ पर्नेहरुमा उदयपुर ताप्ली गाउँपालिका वडा नम्वर ८ घर भई पाँचखाल वडा नम्वर ७ भाडामा बस्दै आएका २८ बर्षिय धिरज हमाल, भोजपुर षढानन्द गाउँपालिका वडा नम्वर ८ घर भई सोहि स्थानमा बस्दै आएका घनश्याम श्रेष्ठ, धनकुटा जिल्ला महालक्ष्मी नगरपालिका वडा नम्वर ४ घर भई पाँचखाल ७ बस्ने १९ बर्षका अमर विक र सोहि स्थानमा काम गरी बस्ने १७ बर्षिय बालक छन् ।
चार जनाले संयुक्त रुपमा जंगलमा लगेर मुख थुनेर जर्बजस्तिकरणी गरेको पीडित महिलाले बताएकी छिन् । पाँचखाल तामाघाट बजारमा केहि सामान किन्न जाने क्रममा फाईटर नामक रक्सि खाएर बसिरहेका ति युवाहरुले पीडित युवतीलाई बाटोमा समाएर सिधै जंगल पु¥याई मुख थुनेर जर्बजस्ति करणी गरेका थिए । पीडित युवतीको श्रीमान पनि सोहि स्थानमा मजदुरी गर्दै आएका छन् । सबै युवाहरु त्यहि मजदुरी गर्दै आएका थिए । एक वर्ष अघि १८ वर्षकै उमेरमा उनको विवाह भईसकेको थियो । उनिहरुबाट बच्न आफुले आत्महत्याको प्रयास गरेको पीडित युवतीले बताएकी छिन् । तत्कालै स्थानीयहरुले देखेर उनलाई आत्महत्याबाट बचाएको र प्रहरीलाई खवर गरेका थिए । प्रहरीले पौष २७ गते राति नै उनिहरुलाई नियन्त्रणमा लिई पौष २९ गते मुद्दा दर्ता गरेको थियो ।