इजरायल र हमासबीच युद्धग्रस्त गाजामा मानवीय सहायता उपलब्ध गराउने सम्झौता

इजरायल र हमासबीच युद्धग्रस्त गाजामा मानवीय सहायता उपलब्ध गराउने विषयमा सम्झौता भएको छ ।

कतारको मध्यस्थतामा भएको सम्झौता अनुसार हमासले बन्धक बनाएकाहरुलाई औषधी उपलब्ध गराइने भएको छ । त्यसको बदलामा इजरायलले गाजामा थप आधारभुत आपुर्ति सहज गर्ने भएको छ ।

अमेरिकी राष्ट्रिय सुरक्षा प्रवक्ता जोन किर्र्बी कतार भ्रमणमा रहेकै बेला उहाँ र कतार सरकारको मध्यस्थतामा यो सम्झौता भएको हो । सम्झौता अनुसार आज मानीय सामग्री कतारको दोहाबाट इजिप्टका लागि प्रस्थान गर्नेछ भने भोली बिहान सम्ममा गाजा पुग्ने अनुमान गरिएको छ ।

इजरायली बमबारीका बीच इजरायलले गाजामा खाद्यान्न र पानीको आपुर्तिमा रोक लगाएपछि हमासको कब्जामा रहेका सय भन्दा बढी बन्धकहरुलाई हमासले औषधी खानबाट पनि बन्चित गरेका थिए ।

गत साता इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इजरायलको गुप्तचार एजेन्सी मोसादका प्रमुख डेभिड बर्नियासँग भेट गरी गाजामा औषधी उपलब्ध गराउन कतारको समन्वयकारी भुमिकाका लागि अपील गर्न आग्रह गरेका थिए।

यो सम्झौतालगत्तै प्रधानमन्त्री नेतान्याहुले सम्झौताका लागि समन्वयकारी भुमिकाका लागि कतार र अमेरिकालाई आभार व्यक्त गरेका छन । हमासको कब्जामा अझै पनि १ सय ३२ जना बन्धक रहेको इजरायलको अनुमान छ ।