नेपाल हृदय रोग निवारण प्रतिस्ठान काभ्रे शाखा सर्वाेत्कृष्ट
बनेपा÷नेपाल ह्दय रोग निवारण प्रतिस्ठानको ३२ औ बार्षिक साधारण सभामा समुदायमा मुटु रोगको रोकथाम, उपचार र जनचेतना अभिवृद्धीसँगै प्रतिस्ठानको राष्ट्रिय कार्यक्रममा उलेख्य भुमिका निर्वाह गरेकोमा प्रतिस्ठानले काभ्रे शाखालाई सर्बाेत्कृष्ट शाखाको रूपमा पुरस्कृत गरिएको हो ।
मुटुरोग सम्वन्धी जनचेतना फैलाएको, बालबालिका, महिला र प्रौढसम्मका ब्यक्तिहरुलाई मुटु रोग लाग्नै नदिने र मुटु रोग लागि सकेकाहरुलाई सहज जीवन यापन गर्न तथा मुटुरोग सम्वन्धी जनचेतना फैलाउन अक्षयकोषको स्थापना गर्ने र मुटुरोगीहरुलाई सहयोग गर्ने, मुटुरोग सम्वन्धी नियमित क्लिनिक संचालन गर्ने लगायतका कार्यक्रम रहेको अध्यक्ष अशोक श्रेष्ठले बताए ।
प्रतिस्ठानको संस्थापक अध्यक्ष बरिस्ठ मुटुरोग विशेषज्ञ डाक्टर मृगेन्द्रराज पाण्डे र प्रतिश्ठानका अध्यक्ष बलराम न्यौपानेले शाखा सभापति अशोककुमार श्रेष्ठलाई सर्वाेत्कृष्ट शाखाका रुपमा पुरस्कार प्रदान गरेका थिए । जिल्ला शाखाको बुधबार बसेको बैठकले पनि शाखा सभापति अशोक श्रेष्ठलाई बधाई तथा शुभकामना ब्यक्त गरेको सचिव सिद्धिबहादुर कर्माचार्यले बताए । नेपाल ह्दयरोग प्रतिष्ठानले लायन्स क्लवको सहयोगमा बनेपामा साप्ताहिक रुपमा मुटु परिक्षण गर्ने क्लिनिक संचालन भएको छ भने स्वास्थ्य शिविरहरु संचालन गरिरहेको छ । विद्यालय विद्यालयमा पुगी बालबालिकाहरुमा हुन सक्ने बाथ मुटु रोगको पहिचान र परिक्षण गरिरहेको छ । आगामी दिनमा नेपाल ह्दयरोग निवारण प्रतिष्ठानले तय गरेका ६ वटा राष्ट्रिय कार्यक्रमको निरन्तरताका साथै जिल्लामा नियमित रुपमा मुटु रोग बारे जनचेतना फैलाउन सक्रिय हुने अध्यक्ष श्रेष्ठले बताए । निर्वतमान अध्यक्ष हरिभक्त भोक्षिभोयाले बनेपामा रहेका मुटुरोगीहरुलाई राजधानीसम्म जान कठिन भएको अवस्थामा बनेपामा सामान्य परिक्षण गर्ने र मुटु रोगका बारेमा जानकारी दिने उदेश्यले नेपाल ह्दयरोग निवारण संस्था स्थापना गरिएको बताए । संस्थापक अध्यक्ष स्व.रामभक्त कोख श्रेष्ठले स्थापना गरेको उक्त संस्थालाई निरन्तरता दिदै समुदायमा मुटु रोगका बारेमा जनचेतना फैलाउने अभियानमा निरन्तरता दिएको उनले बताए ।