एक खिल्ली चुरोटमा ७० ग्राम गाँजा सहित ९ जना पक्राउः को–को पक्राउ परे ?

धुलिखेल÷ धुलिखेल नगरपालिकाका विभिन्न स्थानमा लागु औषध प्रयोगकर्ताहरुको संख्या बढिरहेको स्थानीयको सूचनाका आधारमा नेपाल प्रहरीको लागु औषध नियन्त्रण ब्युरो कोटेश्वर काठमाण्डौबाट खटिएको प्रहरी टोलीले एक खिल्ली चुरोटमा ७० ग्राम गाँजा सहित ९ जनालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय काभ्रेमा बुझाएको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार माघ २ गते दिउसो ४ बजेको समयमा ९ जना युवाहरुको समुह गाँजा खाने गरी भेला भएको थियो । सोहि समयमा काठमाडौबाट आएको प्रहरी टोलीले उनिहरुलाई गाँजा सहित नियन्त्रणमा लिएको थियो । पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोक जिल्ला ईन्द्रावती गाउँपालिका ७ घर भई हाल धुलिखेल ३ बस्ने ३१ बर्षिय सबिन दंगाल काभ्रे भुम्लु गाउँपालिका ९ बस्ने ३३ बर्षिय अञ्चल उप्रेती, धुलिखेल ७ का ३५ बर्षिय बिक्रम नापित, धुलिखेल ३ का २७ बर्षिय सरोज बडाल, धुलिखेल ४ का २० बर्षिय बिराज थापा, पनौती ५ का २७ बर्षिय सन्दिप श्रेष्ठ, भुम्लु ९ का २७ बर्षिय कृष्ण पराजुली र धुलिखेल ७ का ३२ बर्षिय जिबन खड्गी छन् ।