काभ्रे सिपालीका हरिको रुखबाट खसेर निधन

रोशी,सिपाली÷ रोशी गाउँपालिका वडा नम्वर ६ सिपाली घर भएका हरि उप्रेतीको कुटमिराको रुखबाट खसेर उपचारका क्रममा निधन भएको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले दिएको जानकारी अनुसार ४७ बर्षिय उप्रेती माघ २ गते विहान रुखबाट खसेका थिए । तत्कालै उनलाई उपचारका लागि धुलिखेल ल्याईए पनि काठमाडौको केएमसी अस्पतालमा रिफर गरिएको थियो । उपचारका क्रममा उनको निधन भएको प्रहरीले जानकारी दिएको छ ।

उप्रेती आफ्नै घर नजिक बारिमा रहेको कुटमिरोको रुखमा चढी घास झार्ने क्रममा रुखबाट खसि गम्भिर घाईते भएका थिए । उपचारको लागि ट्रमा सेन्टर लगेकोमा केएमसी अस्पताल सिनामंगलमा लगिएको थियो ।