१५ लाख घुससहित बनेपा-९ का वडाध्यक्ष अख्तियारको नियन्त्रणमा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बनेपा नगरपालिका-९ का वडाध्यक्षलाई १५ लाख घुससहित नियन्त्रणमा लिएको छ ।
घर बाटो सिफारिस गर्ने प्रयोजनको लागि १५ लाख घुस लिइसकेको अवस्थामा वडाध्यक्ष नृपेश बादेलाई बुधबार राति भक्तपुर मध्यपुर ठिमी नगरपालिका-३ गठ्ठाघर चोक बर्गर हाउस अगाडीबाट नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ ।

 वडाध्यक्ष बादेसँगै आएको बा ७ च १२९ नम्बरको पहेंलो हुण्डाई आइ टेन गाडी चालक सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका वडा नं.७ मिलनटारका ३१ वर्षीय पदमबहादुर प्रधानलाई समेत गाडीसहित नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ ।