सशस्त्र प्रहरी बलको वार्षिक उत्सवमा ह्‍विल चियर सहयोग

सशस्त्र प्रहरी बल, नेपालको २३ औं बार्षिक उत्सव सम्पन्न भएको छ । काठमाण्डौं महानगरपालिका ८ स्थित आराध्यदेव पशुपतिनाथ मन्दिर परिसरमा जिर्णोद्धार तथा अवलोकन र ह्‍विल चियर हस्तान्तरण कार्यक्रम गरी वार्षिक उत्सव बुधबार सम्पन्न गरिएको हो ।
कार्यक्रममा पशुपतिनाथ मन्दिरको दर्शन गर्न आउने स्वदेशी तथा विदेशी भक्तजनहरुको सरलताको लागि ६ बर्ष देखि निर्माण गर्नुपर्ने अवस्थामा रहेको मन्दिर भित्रको यज्ञशालामा टुटफुट भएका मार्बलहरुको पुर्न निर्माण, मर्मत सम्भार तथा मन्दिर परिसर र मन्दिरको बाहिरी भागहरुमा जिर्णोद्धार ढुङ्गाहरु बिछ्‍याई मन्दिर जिर्णोद्धार र अवलोकन गरिएको छ । साथै मन्दिरको दर्शन गर्न आउने शारिरीक अपांगता भएका दर्शनार्थीहरुको सहजताको लागि ह्‍विल चियर सहयोग गरिएको हो ।
निशुल्क प्रयोग गर्न मिल्ने ४ वटा ह्‍विल चियर स.प्र. बल, नेपाल न. ९ बाहिनीका बाहिनिपति सशस्त्र प्रहरी नायव महानिरीक्षक पुरुषोत्तम थापाद्धारा पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव राजु कुमार क्षेत्रीलाई हस्तान्तरण गरिएको थियो ।

उक्त कार्यक्रममा मजुकर स.प्र. बल, नेपाल नं. ९ पशुपतिनाथ बाहिनी मुख्यालय काठमाण्डौं मातहतका ईकाइहरुका गणपतिहरु तथा गुल्मपतिहरु, प्रहरी बृत गौशालाका प्रमुख प्र.ना.उ. , काठमाण्डौं महानगरपालिका वडा नं. ८ का वडाध्यक्ष लगायत यस गणका सि.अ., जु.अ. तथा बिल्लादार जवानहरुको उपस्थिति रहेको रहेको थियो ।