पनौती ११ र बेथानचोक ५ जोड्ने अल्छे भञ्ज्याङ–छिर्के मोटरबाटो निर्माण सम्पन्न, स्थानीय हर्षित (भिडियो)

विकास तिमल्सिना

पनौती नगरपालिका वडा नम्बर ११ र बेथानचोक गाउँपालिका वडा नम्ब ५ जोड्ने अल्छे भञ्ज्याङ–लुकुवा–छिर्के मोटरबाटो निर्माण सम्पन्न भएको छ । आर्थिक वर्ष २०७८÷७९ बाट सुरु भएको निर्माण कार्य पौष २७ गते सम्पन्न भएको हो । सडकको श्रम रोजगार तथा यातायात मन्त्री लक्ष्मण लम्साल, पुर्व मन्त्री बसुन्धरा हुमागाँई, वडा अध्यक्ष लगायतले अनुगमन गरेका छन् । मोटरबाटो अनुगमन गर्दै मन्त्री लम्सालले ट्रयाक खुलेकोमा खुसी व्यक्त गर्दै १२ महिनानै सहज तरिकाले सवारीसाधन आवतजावत गर्न सक्ने बनाउन पहल गर्ने बताएका छन् । सिमित स्रोतसाधनबाट धेरै काम गर्नुपर्ने बाध्यता रहेको भन्दै उनले क्रमशः काम गर्दै जाने बताए । मोटरबाटो निर्माणसँगै दैनिकी सह जबनेको भन्दै भन्दै मन्त्री लम्सालले आयआर्जन हुने व्यवसायीक खेतीतर्फ केन्द्रित हुन स्थानीयलाई आग्रह गरेका छन् ।

वागमती प्रदेश सरकारका पुर्वमन्त्री बसुन्धरा हुमागाँईले आफ्नो चुनावी प्रतिवद्धता अनुरुप २०७८ सालमा निर्माण कार्य सुरु गरेको बताए । आफुले सुरु गरेको मोटरबाटो निर्माण कार्य सम्पन्न भएको भन्दै उनले खुसी व्यक्त गरेका छन् । उनले बल्थली–छिर्के कामिडाँडा सडकको लागि दुईपटक गरेर आफ्नो कार्यकालमा ८० लाख रकम विनियोजन गरेको, उक्त मार्गमा पर्ने पुल निर्माणका लागि डिपीआर निर्माणका लागि १५ लाख विनियोजन गरिएको जानकारी दिएका छन् । यस्तै नेपाने सम्म र पुग्ने र नेपानेबाट भुज्देउतर्फ जाने बाटो स्तरोन्नतीको ६ करोडप्रदेश र नगरपालिकाको साझेदारीमा र त्यसपछि थप १ करोड ४० लाखको काम भएको उनले बताए । यो छोटो र भरपर्दो बाटो भएकाले यसलाई व्यवस्थित गर्ने तर्फ ध्यान दिन आवश्यक रहेको उनको भनाई थियो ।

सबैको अथक मेहनतले सफलता प्राप्त गरेको पनौती नगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष विपिन लामाले बताए । बाटो निर्माण लागि सहयोग गर्ने प्रदेश सरकार, नगरपालिका र स्थानीयलाई उनले धन्यवाद दिएका छन् । पनौती र बेथानचोकको संगम अत्यन्त विकट ठाउँमा अहिले मोटरबाटोले खुसी दिएको उनले बताए । बेथानचोक गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष राजकुमार वाइवाले सबैसँगको हातेमालोले मात्रै विकास सम्भव हुने बताएका छन । कार्यक्रममा समाजसेवी टिकाप्रसाद हुमागाँई, बेदप्रसाद हुमागाँई, नेपाल रेडक्रस सोसाइटी काभ्रेका कोषाध्यक्ष प्रेम लामा, समाजसेवी हरिगोपाल प्रधानांग लगायतले मोटरबाटोको स्तरोन्नती र दिगोपनाका लागि सहयोग गर्न आग्रह गरेका छन् ।

यसअघि मोटरबाटो नहुँदा कतिपय बसाइ सरेका थिए भने स्थानीयले सामान बोकेर दैनिकी चलाउँदै आएका थिए । यसअघि खोपासीबाट मदनबास–भंगाला–खाल्टे–च्याल्टी–कामीडाँडा हुँदै नागपोखरी हुँदै छिर्के पुग्नुपर्ने बाध्यता थियो । नयाँ मोटरबाटो निर्माणसँगै अब भने खोपासी–अल्छेभञ्ज्याङ–लुकुवा–जुरेथुम्का हुँदै छिर्के पुग्न सकिन्छ । दुरीका हिसावले यो बाटो आधा कम पर्ने स्थानीय बताउँछन् ।

कामीडाँडा र खानीखोला पुग्नका लागि समेत बैकल्पिक मार्गका रुपमा यो सडक प्रयोग गर्न सकिने स्थानीय टिकाप्रसाद हुमागाँईले बताएका छन । अल्छे भञ्ज्याङ लुकुवा छिर्के मोटरबाटो निर्माण उपभोक्ता समितिका अध्यक्ष रेशम बहादुर तामाङले मोटरबाटो निर्माण भएसँगै उत्पादित कृषि उपज विक्रिवितरणका लागि सहज हुने बताए ।

स्थानीय मखमली तामाङले अब सुखका दिन आएको भन्दै खुसी व्यक्त गरेकी छन् । गोमा हुमागाँई, चेतकुमारी केसीले केहि पनि सुविधा नभएपछि आफुहरु बसाई सरेको भन्दै अब फर्किन मान लागेको बाएका छन । यो ठाउँ यस्तो होला भनेर कल्पना समेत नगरेको उनीहरुको भनाई थियो ।

भिडियोः