सूजनले मनाए मानव कल्याण समाजमा जन्मदिन
धुलिखेल÷नेकपा एमाले निकट युवा संघ काभ्रेका नेता सुजन जंग रायमाझीले जन्म दिनको अवसरमा धुलिखेल १२ शंखुमा रहेको मानव कल्याण समाजको सेवा घरमा मनाएका छन् । सोहि घरमा रहेका सडक मानवहरुलाई विहानको खाना खुवाउने गरी सहयोग उपलब्ध गराएको रायमाझीले बताए ।
रायमाझीले सेवा घरका लागि ११ हजार ५ सय ५५ रुपैया नगद सहयोग गरेका छन् । उनी युवा संघका खेलकुद विभागका प्रमुख तथा सचिवालय सदस्य हुन् । उनले यस अघि पनि विभिन्न सामाजिक कार्य गर्दै आएका छन् । मानव कल्याण समाजको सेवा घरमा बनेपा नगरपालिका उपप्रमुख विमला सापकोटाले सडकमा भएका मानवहरुलाई संरक्षण दिएर गरेको मानवकल्याणको योगदानलाई नगरपालिकाले कदर गरेको बताईन् । बनेपा नगर एमाले अध्यक्ष रत्नकुश रञ्जितले सुजन जस्तै सामाजिक कार्यमा युवाहरु सक्रिय भए मात्रै समुन्नत समाजको निर्माण हुने बताए ।
सेवा घरमा हाल ८५ जना सडक मानवहरु आश्रित छन् । सेवा घरका रोशन ढकालले मानव कल्याण समाजलाई हरेक क्षेत्रको सहयोग आवश्यक रहेको बताए । धुलिखेल नगरपालिकाले सडक मानवहरुका लागि भवन उपलब्ध गराएको छ ।