धुलिखेल नगरपालिकाको शारदा बतासेका ३ सय घरमा धारा
धुलिखेल, शारदाबतासे÷धुलिखेल नगरपालिका वडा नम्वर १० शारदा बतासेका ३ सय घर धुरीमा एक घर एक धारा कार्यक्रम अन्र्तगतको धारा जडान गरी पानी प्रयोगमा ल्याईएको छ । बाँकी १ सय २५ घर धुरीमा चालु आर्थिक वर्ष भित्रै धारा जडान गरी पानी प्रयोगमा ल्याईने छ ।
नगर प्रमुख अशोक ब्याञ्जुले धुलिखेल खानेपानी, सरसफाई, शिक्षा, स्वास्थ्य तथा गरिवी निवारण लगायतका क्षेत्रमा दिगो विकास लक्ष्य अनुसारको मापदण्डमा पुग्न लागेकाले सबै वडाका सबै बस्ति र घरहरुमा चालु वर्ष भित्र धारा पु¥याउने लक्ष्य राखेको बताए । दक्षिण एशियामा धुलिखेल नगरपालिका गुणस्तरीय खानेपानी उपलब्ध गराउने नगरपालिका भित्र पर्ने बताउँदै नगर प्रमुख ब्याञ्जुले सबै वडाबासीहरुलाई शुद्ध र गुणस्तरीय पानी घर घर उपलब्ध गराउने अभियानमा नगरपालिका सक्रिय भएको बताए । धुलिखेल १ देविटारको छाँगे र धुलिखेल ११ धितालटोलमा केहि वर्ष अघि देखि नै गुणस्तरीय खानेपानी उपलब्ध गराईदै आएको छ ।
शारदा बतासेमा २०७४ सालमा निर्वाचित जनप्रतिनिधिहरुले एक लाख लिटरको ट्याङ्की निर्माण गरेका थिए । ३ सय घर धुरीका लागि थप १० हजार लिटरको पानी ट्याङ्की निर्माण भएको छ । डिपबोरिङ्गको माध्यमबाट उक्त खानेपानी विस्तार गरिएको अध्यक्ष गोविन्द शर्मा उपाध्यायले बताए । सबै घरमा शुद्ध खानेपानी पु¥याउने गरी कार्य भईरहेको र आगामी वर्ष पूर्ण रुपमा धारा जडान भएको वडाका रुपमा चिनिने अध्यक्ष शर्माले बताए । एक घर एक धारा उद्घाटन कार्यक्रमसँगै बालमैत्री पार्कको पनि शिलान्यास गरिएको छ । काभ्रेपलाञ्चोक जिल्लाको पहिलो धुलिखेल १० लाई बालमैत्री वडा घोषणा गरिएको थियो । कार्यक्रममा प्रमुख अशोक ब्याञ्जु, उपप्रमुख निराजन जंगम, वडा अध्यक्षहरु गणेश आचार्य, गोविन्द शर्मा उपाध्याय, नारायण बडाल, वडा सचिव इश्वरप्रसाद सापकोटा, अन्य जनप्रतिनिधी तथा कर्मचारीहरु र स्थानीयहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा उपभोक्ता समिति अध्यक्ष रविन्द्र थापा, सचिव रविन विष्ट लगायतले उपभोक्ता समितिले गरेका गतिविधिका बारेमा जानकारी गराएका थिए ।