पनौती बसपार्कबाट तास खेलिरहेका ७ जना पक्राउ

पनौती बसपार्कबाट तास खेलिरहेका ७ जना पक्राउ परेका छन् । गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय काभ्रे र इलाका प्रहरी कार्यालय बनेपा बाट सादा पोसाकमा खटिएको प्रहरि टोलिले मनिक श्रेष्ठले संचालन गरेको खाजा घरमा तास खेलीरहेको अबस्थामा उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरुको साथबाट ५६ हजार ५ सय ७० रुपैयाँ नगद र एक बुक तास बरामद भएको छ । उनीहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय बनेपामा राखिएको छ ।