पच्चिस सयलाई एकै पटक सेवा दिन सक्ने क्षमताको लोटस इभेन्ट रिसेप्सन प्रा.लि संचालनमा

बनेपा/काभ्रेपलाञ्चोक जिल्लाका तीनवटा प्रमुख नगर धुलिखेल, बनेपा र पनौतीको संगम श्रीखण्डपुर नजिकै बनेपा नगरपालिका ७ नम्वर वडामा जिल्लाकै हालसम्मकै ठुलो एकै पटक २ हजार ५ सय भन्दा धेरैलाई सेवा उपलब्ध गराउने गरी लोटस इभेन्ट रिसेप्सन प्रा.लि संचालनमा आएको छ ।

संचालक रामईन्द्र न्यौपानेका अनुसार जिल्लाकै उत्कृष्ट ‘इभेन्ट म्यानेजमेन्ट भेन्यु’ का रुपमा स्थापित गराउने उदेश्यले लोटस इभेन्ट एण्ड रिसेप्सन प्रा.लिको शुरुवात गरिएको छ । ‘जिल्लाकै एक उत्कृष्ट, गुणस्तरीय इभेन्ट, सभा सम्मेलन, गोष्ठी, मेलाजस्ता कार्यक्रम आयोजना गर्ने उपयुक्त गन्तब्य बनाउने उदेश्य छ’–संचालक न्यौपानेले भने–‘जिल्लामा रहेका विभिन्न जात जातीका धर्म, संस्कृतिमा आधारित सेवाग्राहीहरुको आवश्यकता अनुसारका सप्पूर्ण सेवाहरु निमन्त्रणा कार्ड, फोटोग्राफी, भिडियो र स्टिल क्यामेरा, ब्याण्ड बाजा, पुरोहित, ड्रेस डिजाईन, मेक अफ आर्टिस्ट लगायतका सेवा यहि उपलब्ध हुनेछन् ।’ जिल्लामा यस्तो प्रकारको सेवा सहितको ब्यवस्थापन भएको पहिलो हो ।

जिल्लामा रहेका विभिन्न जात जातीका धर्म, संस्कृतिमा आधारित सेवाग्राहीहरुको आवश्यकता अनुसारका सप्पूर्ण सेवाहरु निमन्त्रणा कार्ड, फोटोग्राफी, भिडियो र स्टिल क्यामेरा, ब्याण्ड बाजा, पुरोहित, ड्रेस डिजाईन, मेक अफ आर्टिस्ट लगायतका सेवा यहि उपलब्ध हुनेछन् ।

९ रोपनी क्षेत्रफलमा फैलिएको नेपाली मौलिक कलासंस्कृति झल्कने १० हजार बर्ग फिटको सुविधा सम्पन्न हद तथा अन्य संरचनाहरु भुकम्प प्रतिरोधी छन् । ‘एकै पटक २५ सय भन्दा धेरैलाई खाद्य स्वच्छता (गुणस्तरीय खाना) सहितको सेवाका लागि योग्यताप्राप्त सेफ सहितको टीम र सोहि अनुसारको भान्साको ब्यवस्था छ’–संचालक रामईन्द्र न्यौपानेले भने–‘इभेन्ट म्यानेजमेन्ट अध्ययन सकेका विषय विज्ञहरुको समुहले कुनै पनि किसिमको इभेन्ट म्यानेजमेन्टका लागि परामर्श सेवा समेत उपलब्ध गराउनेछ ।’ करिव १२ करोड लगानीमा निर्माण भएको लोटस इभेन्ट एण्ड रिसेप्सन प्रा.लीले सेवाका बारेमा जानकारी गराउन पत्रकार सम्मेलन आयोजना गरेको थियो ।
पत्रकार सम्मेलनमा संचालकहरु चन्द्र हुमागाई, राजेश न्यौपाने, अनुप शर्मा लगायतले उपलब्ध सेवा तथा सेवासँगै दिईने गुणस्तरका बारेमा जानकारी गराएका थिए भने नेपाल पत्रकार महासंघ काभ्रे शाखाका पुर्व अध्यक्षहरु भोला थापा, महेश पौडेल र निर्वतमान अध्यक्ष मोतीराम तिमल्सिना लगायतका पत्रकारहरुले गुणस्तर र सेवामा सम्झौता नगर्न सुझाव दिएका थिए ।