पौने ३ लाखले फोटो खिचाए परिचयपत्रको टुङ्गो छैन

धुलिखेल/गृह मन्त्रालय अन्र्तगतको राष्ट्रिय परिचयपत्र पञ्जिकरण विभाग मार्फत देशभर लागु गरिएको राष्ट्रिय परिचयपत्रका लागि फोटो खिच्ने कार्यमा काभ्रेपलाञ्चोक जिल्लाका २ लाख ७२ हजार ६ सय ८४ जनाले मसिंर मसान्तसम्म फोटो खिचाई सकेका छन् । तर परिचयपत्र प्राप्त भएका २ हजार ५ सय ३६ जना मध्ये ६ सय ८० जनाले मात्रै परिचयपत्र लगेका छन् । 
एक त परिचयपत्रका लागि नागरिकहरुको रुची नै छैन । अर्काे तर्फ अनिवार्य गरिएका परिचयपत्र चार वर्ष वितिसक्दा समेत प्राप्त हुन सकेका छैनन । २०७७ साल साउन देखि नेपाल सरकारले हरेक नागरिकहरुको विवरण संकलन गर्ने गरी फोटो सहितको परिचयपत्र अनिर्वाय गरेको थियो । तर र अहिलेसम्म सरकारले फोटो खिचेका नागरिकहरुको परिचयपत्र उपलब्ध गराउन सकेको छैन । काभ्रेपलाञ्चोक जिल्लाबाट अभियानका क्रममा २ लाख ८ हजारले फोटो खिचाएका थिए । प्रशासन कार्यालयमा नागरिकता बनाउन आउने क्रममा वा सरकारले अनिवार्य गरे सँगै प्रशासन कार्यालयमा पुगेर राष्ट्रिय परिचयपत्रका लागि फोटो खिच्नेहरुको संख्या ६४ हजार ६ सय ८४ छ । पुष मसान्तसम्म यो संख्यामा दुई हजार भन्दा धेरै थपिएको छ । जसमा महिला २८ हजार ५ सय ७१ र पुरुष ३६ हजार १ सय १३ छन् । परिचयत्र नम्वर राहदानीमा अनिवार्य गरिसँगै नागरिकहरुले त्यसका लागि समेत सास्ति ब्यहोरिरहेका छन् । 
एउटै ब्यक्तिका लागि शुरुमा नागरिकता, राष्ट्रिय परिचयपत्र, राहदानी, लाईसेन्स तथा अन्य आवश्यक प्रमाणपत्रहरु बोक्नु पर्ने गरी सरकारले बनाएका झन्झटिला नीतिहरुबाट नागरिकहरु अवाक्क भएका छन् । डेड वर्ष देखि लाईसेन्सको नविकरण गरेर कार्ड प्रिन्ट हुने सकेको छैन । नयाँ लाईसेन्स लिनेहरुले पनि रसिदका भरमा हिंडिरहेका छन् । एक दिन नविकरणका लागि ढिला हुँदा दोब्बर जरिवना लिने सरकारले समयमै नागरिकहरुलाई परिचयपत्र उपलब्ध गराउन सकेको छैन । राष्ट्रिय परिचयपत्र लिन आउन जिल्ला प्रशासन कार्यालय काभ्रेले पटक पटक नागरिकहरुलाई  मोबाईल फोन मार्फत म्यासेज गरेको छ । २०७७ साउन देखि पौष मसान्त सम्म फोटो खिचाएका २५ सय ३६ जनाको प्राप्त परिचयपत्र मध्ये ६ सय ८० जनाले मात्रै लिएका छन् । कतिपय विदेशमा छन् । कतिपयको फोन नम्वर परिवर्तन भईसकेको छ । कतिपयको निधन भएको छ । कतिपय अन्यत्र बसोबास गरिरहेका कारण नागरिकहरु जिल्ला प्रशासन कार्यालय आउन सकेका छैनन । नागरिकहरुले विवरण बदल्न चाहँदा ५ सय शुल्क तिर्नु पर्छ तर रिजेक्ट भएका नागरिकहरुको हकमा भने शुल्क तिर्नु पर्दैन । जनगणना २०७८ को जनगणनाको तथ्याङ्क अनुसार करिव एक लाख नागरिक परिचयपत्रको दायरा भन्दा बाहिर छन् । जसमा २० हजार भन्दा धेरै अन्यत्र मुलुकमा छन् भने आधा बालबालिका छन् । नागरिकता बनाउने तर राहदानी नबनाउने नागरिकहरुले पनि परिचय पत्र बनाएका छैनन ।