सडक दुर्घटना न्युनिकरण गर्न धुलिखेलमा यातायात मजदुरलाई प्रशिक्षण

नेपाल यातायात स्वतन्त्र मजदुर संगठन धुलिखेल रुट इकाइले सडक दुर्घटना न्युनिकरण गर्न यातायात मजदुरलाई प्रशिक्षण दिएको छ । बढ्दो दुर्घटना न्युनिकरणका लागि सचेतना तथा कर्मथलो अभियान अन्तर्गत प्रशिक्षण कार्यक्रम आयोजना गरिएको मजदुर संगठन धुलिखेल रुट इकाइका अध्यक्ष अर्जुन लामाले जानकारी दिए । आफुरुले खेल्नुपर्ने भुमिका बारे चालक, सहचालक लगायतलाई प्रशिक्षण दिइएको उनको भनाई छ । संगठनका केन्द्रिय उपाध्यक्ष नवराज घिमिरे, काभ्रे जिल्ला ट्राफिक प्रमुख जनार्दन घिमिरे, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन वागमति प्रदेश अध्यक्ष शंकर थापा, काभ्रे बस प्रा.लि. का अध्यक्ष वर्ण शाक्यले प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा जिल्ला ट्राफिक प्रमुख घिमिरेले ओभर लोड, तिव्र गति र सडकको अवस्था कारण सडक दुर्घटना हुने गरेको बताएका छन । कार्यक्रममा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन वागमति प्रदेश उपाध्यक्ष भिमसेन कार्कीले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रम सञ्चालन वागमती प्रदेश उपाध्यक्ष बेद प्रसाद घिमिरेले सञ्चालन गरेका थिए ।
