पनौती जेसीजमा संयुक्त पद हस्तान्तरण तथा ब्यक्तित्व सम्मान

पनौती÷पनौती जेसीज र पनौती जुनियर जेसीजकोे संयुक्त पद हस्तान्तरण, ब्यक्तित्व सम्मान तथा पदस्थापन कार्यक्रम नगरपालिका प्रमुख रामशरण भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । वर्ष २०२३ का अध्यक्ष राजेन्द्र महाजुको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न क्षेत्रका ब्यक्तिहरुलाई वर्ष २०२३ मा सहयोग गरे बापत सम्मान गरिएको थियो ।
उपाध्यक्ष रामकृष्ण श्रेष्ठको संचालनमा सम्पन्न भएको कार्यक्रममा वर्ष २०२३ का नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष विकास मानन्धर, वर्ष २०२४ का राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष राजाराम गौतम, काभ्रे जेसीजका अध्यक्ष रिकेश सैंजु, वर्ष २०२४ पनौती जेसीजका अध्यक्ष सिजन सुद्धाकार लगायतले जेसीजले गरेका कार्यहरुका बारेमा धारणा राखेका थिए ।
कार्यक्रममा पनौती नगरपालिका प्रमुख रामशरण भण्डारीले सामाजिक संस्थाहरुले स्थानीय तहमा हुने विभिन्न कार्यक्रमहरुमा सहजीकरण गर्नु पर्ने बताए । जेसीजको उदेश्य अनुसारको ब्यक्तित्व र नेतृत्व विकासमा खेलेको भूमिकाको प्रशंशा गर्दै नगर प्रमुख भण्डारीले आगामी दिनमा पनि सामाजिक कृयाकलापमा सक्रिय रहन शुभकामना दिए । कार्यक्रममा नगर उपप्रमुख गिता बञ्जारा, वडा अध्यक्षहरु, काभ्रे उद्योग बाणिज्य संघका अध्यक्ष राजेन्द्र पसंक्षे, काभ्रे पुण्यवती प्रालीका अध्यक्ष राजेशसुन्दर सैंजु, जेसीजका विभिन्न तहका विभिन्न शाखाका वर्तमान र पुर्व पदाधिकारीहरु, पनौती जेसीजका पुर्व अध्यक्षहरु तथा पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा वर्ष २०२३ की पनौती जुनियर जेसीज अध्यक्ष रेनुका कर्माचार्यले वर्ष २०२४ का अध्यक्ष विनय न्यौपानेलाई पद हस्तान्तरण गरेकी थिईन भने २०२३ का अध्यक्ष राजेन्द्र महाजुले पनौती जेसीजका लागि वर्ष २०२४ का लागि सिजन सुद्धाकारलाई पद हस्तान्तरण गरेका थिए । वर्ष २०२३ मा भएका कार्यहरुका बारेमा जानकारी गराउँदै वर्ष २०२४ मा हुने कार्यक्रमका बारेमा जानकारी गराईएको थियो । कार्यक्रममा कमलकृष्ण गौतमले स्वागत मन्तब्य राखेका थिए ।