प्रधानमन्त्री प्रचण्ड स्वदेश फर्किँदै

युगान्डामा आयोजित असंलग्न राष्ट्रहरूको आन्दोलन ९नाम० को उन्नाइसौँ शिखर सम्मेलनमा सहभागी भई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज (आइतबार) स्वदेश फर्किंदैै छन्।

यस क्रममा उनी युगान्डाबाट नेपाली समयानुसार आज बिहान २ः४५ बजे कतारको दोहा अवतरण गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

त्यहाँबाट प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डल आजै बिहान ९ बजे काठमाडौँ आइपुग्ने कार्यक्रम छ।

असंलग्न राष्ट्रहरूको आन्दोलनको १९औँ शिखर सम्मेलनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री प्रचण्ड गत बुधबार युगान्डाको राजधानी कम्पला पुगेका थिए।