सहकारीका समस्याका बारेमा महासंघको टोलीसँग छलफल

काठमाडौ/राष्ट्रिय सहकारी महासंघको संचालक समितिको एक टोलीले आइतबार भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीसँग समसामायिक विषयमा छलफल गरेको छ । 
मन्त्रालयका सचिव दुवाडीले सहकारी अभियानसँग हातेमालो गर्न तयार रहेको बताउनु भयो । महासंघका अध्यक्ष ओमदेवी मल्लको नेतृत्वको टोलीमा महासंघका वरिष्ठ उपाध्यक्ष रमेश प्रसाद पोखरेल, उपाध्यक्षहरु डिबी बस्नेत, इन्दिरा पन्त, संचालकहरु टेकप्रसाद चौलागाई, परितोष पौड्याल, सुमन नेपाल र महासंघका नायव महाप्रबन्धक बाबुल खनाल थिए ।

सहकारीमा देखिएका समस्या समाधानका लागि गर्नुपर्ने कार्यहरुको विषयमा सोहि अवसरमा छलफल भएको थियो । महासंघका अध्यक्ष मल्लले सहकारी क्षेत्रका विषय तथा माग बुँदागत रूपमा राख्नु भएको थियो । महासंघको नवनिर्वाचित संचालक समितिको टिमलाई सचिव दुवाडीले बधाई ज्ञापन गर्नुभएको थियो ।