ढुंखर्कको कृष्ण प्रणामी मन्दिरमा राजश्यामाजीको स्थायी मन्दिर स्थापना

बेथान्चोक, ढुंखर्क/बेथान्चोक गाउँपालिका स्थित वडा नम्वर २ ढुंखर्कमा रहेको श्री कृष्ण प्रणामी मन्दिरमा नेपालको केन्द्रीय धाम नवतन धामका गादिपती बाबाजी सन्त श्री १०८ अमृतराजजी महाराजको राजश्यामाजीको स्थायी स्थापना कार्यक्रम सम्पन्न भएको छ ।

श्री कृष्ण प्रणामी युवा परिषद् नेपाल प्रारम्भिक समिति ढुंखर्कका अध्यक्ष सन्तोष बजगाईका अनुसार उक्त मन्दिरमा राजश्यामाजीको स्थायी राजजी पद्रावनी कार्यक्रम सम्पन्न भएको हो । साथै बागमती प्रदेश सभा सदस्य कन्चनचन्द्र बादे श्रेष्ठ, श्रीकृष्ण कृपाधाम देवघाट तनहँुबाट बिदुषी माता तारा घिमिरेको उक्त कार्यक्रममा सहभागिता रहेको थियो । कार्यक्रममा कृष्णप्रणामी मेहेर सागर कृपासिंधु गुरुकुल आश्रमका संरक्षक साहित्यचार्य जनार्दन शास्त्री महाराज, बिदुषी माता उषा घिमिरे, श्रीकृष्ण प्रणामी समाज काभ्रेका आध्यात्मिक प्रबक्ता शास्त्री सुदर्शन तिमल्सिना, धर्मप्रचारक गुरुजी घनश्याम शास्त्री, श्रीमान्निजान्द ब्रम्हा सभा भवन तथा श्रीकृष्ण प्रणामी मन्दिर भक्तपुर कटुन्जेका संरक्षक पण्डित तुलसी कोइरालाको उपस्थिति रहेको थियो । कार्यक्रममा श्रीकृष्ण प्रणामी सेवा समिती नेपालका केन्द्रिय अध्यक्ष श्री श्यामकृष्ण शर्मा निवर्तमान अध्यक्ष श्याम केसी, केन्द्रिय सदस्य भोला दाहाल, गोपालकृष्ण सन्जेल, रामजी बजगाई, श्रीकृष्ण प्रणामी बाईजुराज महिला समिती नेपालका पुर्व अध्यक्ष गिता शर्मा, श्री कृष्णप्रणामी युवा परिषद नेपालका पुर्व अध्यक्ष खिलप्रसाद घिमिरे, कृष्णप्रणामी युवा परिषद नेपाल बागमती प्रदेश अध्यक्ष बलराम बजगाई, बेथानचोक गाउँपालिका प्रमुख भगवान अधिकारी, उपप्रमुख तारा राना तिमल्सिनाको सहभागिता रहेको थियो । बेथान्चोक गाउँपालिकाका वडा अध्यक्षहरु मधुसूदन तिमल्सिना, वडा नम्वर २ का अध्यक्ष पुरुषोत्तम तिमल्सिना, वडा नम्वर ३ का अध्यक्ष कुबेर ढकाल लगायतको सहभागिता रहेको थियो । श्रीकृष्ण प्रणामी सेवा समिती नेपाल, काभ्रे अध्यक्ष रेवती प्रसाद सापकोटा, युवा परिषदका अध्यक्ष उदबप्रसाद तिमल्सिना, बाईजुराज अध्यक्ष सरिता सापकोटा लगायतले पनि सहभागिता जनाएका थिए ।

उक्त कार्यक्रममा स्थानीय संघ संस्थाका प्रतिनिधिहरु, जनप्रतिनिधी तथा कृष्ण प्रणामीसँग सम्वन्धित ब्यक्तिहरुको श्रीकृष्ण प्रणामी मन्दिर ढुंखर्कमा राजश्यामाजीको स्थायी राजजी पद्रावनी कार्यक्रममा सहभागिता रहेको थियो ।