श्रीखण्डपुरको पुन्यमाता पुल हुँदै बनेपा आउने सडक ढलान कार्य शुरु

श्रीखण्डपुर÷धुलिखेल नगरपालिका वडा नम्वर ५ श्रीखण्डपुरको पुण्यमाता पुल हुँदै बनेपा जोड्ने सडक ढलान कार्य शुरु भएको छ । चोकबाट ७२ मिटर पक्कि ढलान सडक निर्माण कार्यका लागि नगरपालिकाले १५ लाख रकम विनियोजन गरेको वडा अध्यक्ष प्रमोद श्रेष्ठले बताए ।
ढलान कार्यको नगर प्रमुख अशोक ब्याञ्जु, वडा अध्यक्ष प्रमोद श्रेष्ठ, वडा सदस्य भुवन श्रेष्ठ तथा अन्य जनप्रतिनिधीहरु, वडा सचिव तथा अन्य कर्मचारीहरुले अवलोकन गरेका थिए ।

सडकको पहिलो चरणको ढलान कार्य सकिए लगत्तै बाँकी निर्माण कार्यलाई प्राथमिकता दिने अध्यक्ष श्रेष्ठले बताए । केहि दिन अघि श्रीखण्डपुरमा गेट तथा फल्चाको शिलान्यास गरिएको थियो भने ढुंङ्गे धाराको संरक्षण लगायतका कार्यहरु शुरु गरिएको छ । श्रीखण्डपुर पुरानो शहर हो । उक्त स्थानमा भएका पुराना संस्कृति, सम्पदा तथा संरचनाहरुको पुर्नर्निमाण, संरक्षण र प्रर्वद्धन गरिने अध्यक्ष श्रेष्ठले बताए ।