ट्राफिक प्रहरी काभ्रेले गर्यो चालक तथा सहचालकको निःशुल्क स्वास्थ्य परिक्षण

बनेपा÷ जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेको आयोजना र कम्युनिटी वेलनेश सेन्टर बनेपाको प्राविधिक सहयोगमा चालक एंव सहचालकहरुलाई स्वास्थ्य परीक्षण तथा सचेतना कार्यक्रमको गरिएको छ ।

सवारी दुर्घटना न्यूनीकरणका लागी सडक मै चालक र सहचालकहरुको स्वास्थ्य परिक्षण गरिएको ट्राफिक प्रमुख जर्नादन घिमिरेले बताए । दुर्घटना न्यूनीकरणको लागि अरनिको राजमार्ग हुदै सञ्चालन भएका सवारी साधनहरुका चालक तथा सह चालकको सुगर, प्रेसर जाँच गरिएको थियो । चालक र सहचालकको स्वास्थ्य ठिक भएमा मात्रै गन्तब्यमा पुग्न सकिने र सहि ढंगले सवारी चलाउन सक्ने भएकाले उनिहरुको स्वास्थ्य परिक्षण गरिएको घिमिरेले बताएका छन । परिक्षणमा ७४ जनाले निःशुल्क स्वास्थ्य परिक्षण सेवा लिएका थिए । ट्राफिक कार्यालयले समय समयमा सचेतना तथा दुर्घटना न्यूनिकरणका कार्यक्रमहरु गर्दे आएको छ ।