‘आहा! रारा पोखरा गोल्ड कप फुटबल’ आजदेखि

२३औँ आहा! रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिता आज ९मंगलबार० पोखरामा सुरु हुँदै छ। आज उद्घाटन खेलमा आयोजक सहारा क्लब र थ्री स्टार क्लबबीच प्रतिस्पर्धा हुनेछ।
प्रतियोगितामा ८ ए डिभिजन र एक विदेशीसहित १२ टोली सहभागी हुँदै छन्।
प्रतियोगिताको दोस्रो दिन बुधबार त्रिभुवन आर्मी क्लब र राइजिङ स्टार फुटबल क्लबबीच भिडन्त हुनेछ।
यसपछि माघ ११ गते दुई ए डिभिजन टोली मछिन्द्र क्लब र जावलाखेल युथ तथा १२ गते दुई विभागीय टोली नेपाल एपीएफ फुटबल क्लब र नेपाल पुलिस क्लबबीच खेल हुने तालिका छ।
पोखरा रंगशाला हुने प्रतियोगिताको विजेताले उपाधिसहित १२ लाख १ हजार र दोस्रो हुने टोलीले ६ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछन्। सहभागी टालीले हरेक खेलमा प्रोत्साहन रकम पनि पाउनेछन्। प्रि-क्वाटर खेल्ने दुवै टोलीले २० हजार, क्वाटरफाइनल खेल्ने टोलीले ३० हजार तथा सेमिफाइनल खेल्ने टोलीले ५० हजार रुपैयाँ पाउनेछन्।
साथै प्रतियोगितामा सहभागी सबै टोलीको दैनिक भत्ता र आतेजाते यातायात खर्च आयोजक सहाराले बेहोर्ने बताइएको छ।
प्रतियोगिताको मुख्य प्रायोजक हिमश्री फुड्स प्रालिका उत्पादन आहा तथा रारा तयारी चाउचाउ हुन्।