इन्द्रेश्वर क्याम्पसमा राष्ट्रिय विकास योजना सम्बन्धी छलफल
पनौती / इन्द्रेश्वर क्याम्पस पनौतीको आयोजनामा राष्ट्रिय विकास योजना सम्बन्धि कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा स्रोत व्यक्ति महेशमान सिंहले विकासको अवधारणा, आवश्यकता, चुनौती, आवश्यक स्रोतसाधन लगायतका विषयहरुमा प्रष्ट पारेका थिए । उनले समाजमा रहेको प्राचिनतम ज्ञानको विकास र त्यसको समयसापेक्ष परिपर्वतन गरि स्थानीय आवश्यकता र जनजीविका अनुसारको विकासले मात्र मानिस खुसी र सुखी हुने कुरा व्यक्त गरे । क्याम्पस प्रमख श्रीकुमार सुवालले कार्यक्रममाथि प्रकाश पार्दै क्याम्पस विश्वविद्यालय अनुदान आयोगको सहयोगमा शैक्षिक, आर्थिक, वातावरण, रोजगारीलगायतका विविध क्षेत्रमा क्याम्पसको संग्लनता हुने गरी कार्यक्रम अयोजना गरीएको जानकारी दिए । उनले कार्यक्रमले स्थानीय क्षेत्रको विकासको अवधारणा र आवश्यक नीति, योजनाबारे जनाकारी हुने कुरा बताए ।
सविंधान सभाका सभासदस्य एवम् यस क्याम्पसको क्याम्पस सभा सदस्य रामहरी सुवेदीले कार्यक्रममा सम्बोधन गर्दै विकासले स्थानीय जनताको जीवन स्तर उकासिनुपर्ने र स्रहशताब्दी विकास लक्ष्य अनुरुपको स्थानीय जनताको जनजीविका परिवर्तन गर्ने कृषि, पर्यटन र घरेलु उद्योगको विकासले मात्र दिगो विकास हुने आफ्नो धारणा राखेका थिए ।
पनौती नगरपालिका वडा नंं ४ का वडा अध्यक्ष दिपक प्रसाद दाहालले जनमानसमा विकासको चाहना धेरै भएको तर बजेट र स्रोत साधनको कमिले गर्दा चाहेको जति विकास गर्न असम्भव भएको जानकारी दिए । उनले विस्तारै जनताको चेतनाको स्तर पनि बढ्दै गएकोमा खुशी व्यक्त गरे ।
स्थानीय आवश्यकता अनुसरको दिगो, पर्यावरणमैत्री विकासले मात्र समाजालाई सहि परिर्वतन हुने इन्द्रेश्वर क्याम्पस सञ्चालक समितिका अध्यक्ष तुयुकाजी ताम्राकारले बताए । कार्यक्रममा पनौती नगरपालिका वडा अध्यक्षहरु, सघंसस्थाका प्रतिनिधि तथा क्याम्पसका विद्यार्थी, शिक्षक, प्राध्यापकहरुको उपस्थिति रहेको थियो ।