गीतकार दिलीप योञ्जन तामाङको शब्दमा सोनाम लोछार गीत सार्वजनिक

काठमाडौं / गायक सुभ तामाङ र गायिका सुमिना लो लामाको स्वरमा नयाँ गीत सोनाम लोछार सार्वजनिक भएको छ । आस्था मिडिया युट्युब च्यानलमार्फत् सन्सारभरि छरिएर बसेको तामाङहरूको नयाँ वर्ष सोनाम ल्होछार मनाउन नयाँ गीत सोनाम लोछार डम्फु र टुङ्ग्ना बोलको गीत सार्वजनिक गरिएको हो ।

सोनाम ल्होछारको वा तमाङहरूको नयाँ वर्षको अवसरमा सो गीत सार्वजनिक गरिएको हो । तामाङ जातिको महान् पर्व सोनाम ल्होछारले आपसी सद्भाव र मेलमिलापका लागि अगाडि बढाएको गीतकार योञ्जनको भनाइ छ । उक्त गीतमा डिवी लामाले संगीत भरेका छन् भने संगीत संयोजन जोगलाल लामाको रहेको छ । डम्फु र टुङ्गना बजाउँदै सोनाम ल्होछार मनाउनको लागि गीतमा आग्रह गरिएको छ ।