पनौतीमा सडक सुरक्षा सचेतनाका लागि कर्मथलो अभियान
नेपाल यातायात स्वतन्त्र मजदुर संगठन पनौती नगर कमिटीको आयोजनामा सडक सुरक्षा सचेतनाका लागि कर्मथलो अभियान सञ्चालन गरिएको छ । बढ्दो दुर्घटना न्युनिकरणका लागि सडक सुरक्षा सचेतना कार्यक्रम गरिएको हो । कार्यक्रममा नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रिय उपाध्यक्ष नवराज घिमिरे, जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रमुख जनार्दन घिमिरे, काभ्रे पुण्यवती यातायात प्रा.लीका अध्यक्ष राजेश सैंजु, जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका राजेश दाहाल, पनौती प्रहरी चौकी इन्चार्ज कुल बहादुर कुँवर, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन बागमती प्रदेश अध्यक्ष शंकर थापा, वागमती प्रदेश उपाध्यक्ष एवं पनौती नगर कमिटी इन्चार्ज वेदप्रसाद घिमिरे, पनौती ट्राफिक इन्चार्ज विशाल तामाङ, चेष्टा साप्ताहिकका सह–सम्पादक लक्ष्मण तिमल्सिना लगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै यातायात मजदुर संगठका केन्द्रिय उपाध्यक्ष नवराज घिमिरेले दुर्घटना न्युनिकरण, व्यवसायीको पुँजी र श्रम सुरक्षित हुनुपर्छ भन्ने माग सहित देशभरी कर्मथलो अभियान सञ्चालन गरिरहेको बताए । पछिल्लो तीन महिनामा ९ हजार ८ सय १४ वटा सवारी दुर्घना भएको तथ्यांक प्रस्तुत गरेका थिए । उक्त दुर्घटनामा ४ सय ६३ जनाको ज्यान गएको र ७ हजार ८ सय ३९ जना गम्भिर घाइते भएको उनको भनाई थियो । नेपाल प्रहरीले सार्वजनिक गरेको यो तथ्यांक डरलाग्दो भएको भन्दै उनले यो विषय राज्यको लागि प्रमुख विषय होइन ? भन्दै प्रश्न गरेका छन् । यो विषयमा सम्बन्ति निकायको ध्यान जान जरुरी रहेको उनको भनाई थियो । यातायात मजदुरले मात्रै चाहेर दुर्घना न्युनिकरण नहुने भन्दै उनले सबैले यो बारेमा सोच्नुपर्ने बताएका छन् । उपाध्यक्ष घिमिरेले आफुहरुबाट कमजोरी भएको भए सच्चिन तयार रहेको बताए । सबै दोष यातायात मजदुरलाई लगाउने तर राज्यको सम्बन्धीत निकाय पन्छिने कुराले आफुहरु यहि अवस्थामा यातायात सञ्चालन गर्न नसक्ने समेत उनले उद्घोष गरेका छन । यातायात मजदुरलाई दोष लागाएर आफु उम्किने कुरा सह्य नहुने उनको भनाइ छ ।
सडकमा यात्रा गर्दा यात्रु, चालक, सह–चालक सबैले प्रत्येक सेकेण्ड आफ्नो र आफन्तको जीवन बारे सोच्न जरुरी रहेको उनले बताए । फरक प्रसंगमा उपाध्यक्ष घिमिरेले जरिवाना असुली गरे मात्रै अव यातायात नचल्ने चेतावनी दिएका छन । यो यातायात व्यवसायीको काबुभन्दा बाहिर गइसकेको उनको गुनासो छ । यातायात क्षेत्रमा ७० लाख मानिस आवद्ध रहेको जानकारी दिँदै उनले यति धेरै जनसंख्या आश्रित भएको क्षेत्रलाई हेलाको दृष्टिले हेर्ने हो भने समाज रुपान्तरण हुन नसक्ने ठोकुवा गरेका छन ।
आफुहरु कानुन निर्माण र पालनामा सहयोग गर्न तयार रहेको उनले बताए । तर यातायात व्यवसायीलाई सहभागी गराएर नेपालको भुगोल सुहाउँदो, यातायात क्षेत्र, र मजदुर सुहाउँदो कानुृन बनाउनुपर्नेमा जोड दिएका छन । यातायात क्षेत्रलाई बाहिस्कार गरेर सोल्टी होटलमा बसेर बनाइएको कानुन बारे भने खुलेर खबरदारी गर्ने चेतावनी दिएका छन ।
अहिले यातायात व्यवस्था ऐन संशोधन हुने क्रममा रहेको आफुले सुनेको उनले बताए । त्यो हामीलाई दिनुु् हामी हेर्छौ, हामी सुझाव दिन्छौं भन्दा त्यो लुकाइयो उनले भनें । कसको लागि ऐन संशोधन गर्ने ? उनको प्रश्न थियो । यदि त्यसभित्र छलछाम भयो भने यातायात दुर्घटनामा जेल जानुपर्ने अवस्था, यातायात व्यवसायी भाग्नुपर्ने अवस्था, दुर्घनापछाडी गाडी जल्ने अवस्था र यातायात व्यवसायीले ज्यान गुमाउनुपर्ने अवस्था सिर्जना हुन्छ भने हामी गाडी चलाउन सक्दैनौं ।
उनले यातायात व्यवसायी टुहुरा भएको समेत गुनासो गरेका छन । उनले भने, हामी यातायात मजदुर यातायात क्षेत्रमा लागनी गर्ने लगानीकर्ताहरु कोहि पनि हाम्रा सहारा भएनन् । अन्याय पर्दा बोल्दिने कोहि छैन, हामीमाथी थिचोमिचो व्यापक छ ।
यस्तै जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रमुख जनार्दन घिमिरेले जिल्ला ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ गरेको, सवारी चालक, सह–चालकको स्वास्थ्य परिक्षण गर्ने गरेको बताए । चेकजाँच ट्राफिकको लागि होइन हाम्रै लागी हो भन्ने कुरा चालकले वुझ्नुपर्ने उनको भनाई छ । सवारी नियम पालना गर्न समेत उनले आग्रह गरेका छन् । मैलै चलाउने सवारीसाधन सहि तरिकाले चलाउँछु भन्ने प्रतिवद्धता व्यक्त गरे मात्रै पनि सबै नियमवद्ध हुने उनको भनाई छ । पछिल्लो समय बनेपामा चालक र सह–चालकको स्वास्थ्य परिक्षण गर्दा अधिकांश सवारी चालकको रक्तचाप उच्च देखिएको ट्राफिक प्रमुख घिमिरे जानकारी दिए । १७–१८ घण्टासम्मको खटाई, खानपान, अनिन्द्रा लगायतका कारण समस्या बढ्दै गएको उनले बताए । उनले आफ्नो स्वास्थ्यप्रती पनि ख्याल गर्न आग्रह गरेका छन् । आफ्नो स्वास्थ्य ठिक भए मात्रै राम्रोसँग सवारी चलाउन सक्ने उनले बताए । अरुलाई सम्मान गर्न सके मात्रै आफुले पनि सम्मान पाउने भन्दै घिमिरेले यात्रुसँग राम्रो व्यवहार गर्न आग्रह गरेका छन् ।
यस्तै नेपाल यातायात मजदुर संगठन पनौतीका अध्यक्ष सुनिल धांजुले यातायात सञ्चालन गर्दा संयसमत हुन आग्रह गरेका छन् । वर्षौ यातायात सञ्चालन गर्दा पनि बुढेसकालमा खालीहात फर्किनुपर्ने अवस्था रहेको भन्दै उनले सामाजिक सुरक्षा कोष कार्यान्वयनमा ल्याउन सहजीकरण गरिदिन माग गरेका छन् । प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा सबै क्षेत्र समेटेर दुर्घटना अनुसन्धान कमिटी बनाउनुपर्ने व्यवस्था भएपनि काभ्रेमा कमिटी बन्न नसकेको उनले बताए । उनले ट्राफिक प्रहरीसँगको समन्वयमा काम गर्ने पनि बताएका छन् । नगर कमिटी अध्यक्ष धांजुको सभापतित्वमा भएको कार्यक्रम सचिव परशुराम सापकोटाले सञ्चालन गरेका थिए ।